बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

चार विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

चार विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण


  • ढोरपाटन संवाददाता
  • असार २७ २०८१, बुधबार

तस्बिर : नारायण रिजाल

बागलुङ/जिल्लाबाट प्रकाशित परिसूचन साप्ताहिक पत्रिका १० वर्ष पुरा गरि ११ औँ वर्षमा प्रवेश गरेको छ । २०७१ साल असार २६ गते प्रकाशन शुरु गरेको लेखन नेपाल प्रालिद्धारा प्रकाशित पत्रिकाले १० औं वार्षिकोत्सव चार जना बिपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरि मनाएको छ ।
पत्रिकाले बागलुङ नगरपालिकास्थित कालिका कन्या मन्दिर माविमा कक्षा २ मा अध्यनरत छात्रा सृष्टि रसाइली, कक्षा ४ मा अध्यनरत छात्रा सनम नेपाली, कक्षा ५ मा अध्यनरत एलिसा तुलाचन र कक्षा ९ मा अध्ययनरत छात्रा एरिना लामालाई शैक्षिक सामाग्री बितरण गरिएको कार्यकारी सम्पादक विजय रानाले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पूर्व अध्यक्ष एवम् सल्लाहकार मुकेशचन्द्र राजभण्डारीले पछिल्लो समय पत्रकारिता क्षेत्रमा पनि विभिन्न प्रकारको हस्तक्षेप हुन थालेकाले सचेत भएर काम गर्नुपर्ने अवस्था आएको बताए ।
कार्यक्रममा पत्रकार महासंघका कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’, प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्ती मगर, प्रेस चौतारी बागलुङका अध्यक्ष सिर्जना पन्त र विद्यालयका शिक्षक बिरबहादुर किसानले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम पत्रिकाका सम्पादक ताराप्रसाद शर्माको अध्यक्षता, कार्यकारी सम्पादक विजय रानाको स्वागत र नवराज नेपालीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->