बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

हराएका गलकोटका सुवेदीको दरमखोलामा शव भेटियो

हराएका गलकोटका सुवेदीको दरमखोलामा शव भेटियो


  • ढोरपाटन संवाददाता
  • असार २७ २०८१, बुधबार

बागलुङ/घरबाट निस्केपछि हराइरहेका गलकोट नगरपालिका वडा नं. ४ का एक पुरुषको शव भेटिएको छ । गलकोट नगरपालिका ४ नुवाकोटका ४२ वर्षिय प्रमानन्द सुवेदीको गलकोट नगरपालिका वडा नं. ११ को मनेवा नजिक शव भेटिएको हो ।
उनलाई सोमबार गलकोट नगरपालिका वडा नं. २ को नरेठाँटीबाट गौंदीखोलाले बगाएको थियो । मानिस बगेको देखेपछि स्थानीयले तत्काल खोजी थालेका थिए । प्रहरी चौकी खरवाङको खोजी टोलीले बुधबार दिउँसो साँढे ३ बजे सुवेदीको शव फेला पारेको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरीक्षक थमनसिंह रानाले जानकारी दिए । गौदीखोलाले बगाएर सुवेदीको शव दरमखोलामा पु¥याएको थियो । गलकोट नगरपालिका वडा नं. ११ को मनेवा नजिकै उनको शव भेटिएको हो ।
सोमबार दिउँसो सुवेदी घरबाट निस्केका थिए । कसैलाई नभनी निस्केकाले घरपरिवारले पनि पत्तो पाएका थिएनन् । खोलामा अपरिचित व्यक्तिको शव बगेको देखेपनि कसको भन्ने थाहा नहुँदा खोजीकार्य ढीला भएको थियो । मंगलबार पनि घर नफर्केपछि सुवेदी परिवार आत्तिएका थिए । उक्त शवलाई प्रहरीले पोष्टमार्टमपछि परिवारलाई बुझाउने रानाले जानकारी दिए । घटनाबारे प्रहरीले थप अनुसन्धान समेत थालेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->