बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

एसईईमा बागलुङमा उत्कृष्ठ न्यू एभरेष्टले विद्यार्थीलाई गर्यो सम्मान

एसईईमा बागलुङमा उत्कृष्ठ न्यू एभरेष्टले विद्यार्थीलाई गर्यो सम्मान


  • ढोरपाटन संवाददाता
  • असार २७ २०८१, बुधबार

बागलुङ /  न्यू एभरेष्ट एकेडेमी बागलुङले एसईई परीक्षा २०८० मा सहभागी भएर उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयमा एक समारोहको आयोजना गरेर विद्यालयले विद्यार्थीहरुलाई बधाई दिदै सम्मान गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको एसईईको नतिजामा उक्त विद्यालय बागलुङ जिल्लामा उत्कृष्ट भएको थियो ।

सो विद्यालयबाट परीक्षामा सहभागि भएका १९ जना विद्यार्थीमध्ये सत प्रतिशत विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तिर्ण भएका हुन् । सहभागि विद्यार्थीले ए प्लस र एक ग्रेडभन्दा कम ग्रेड नल्याएकाले जिल्लामै आफ्नो विद्यालय उत्कृष्ट भएको प्रिन्सिपल कृष्ण अधिकारीले बताए ।

बधाई तथा सम्मान समारोहमा शिक्षा विकास तथा समन्वय इकाई बागलुङका निमित्त प्रमुख बिदुर शर्माले शिक्षा व्यवहारिक र जीवनउपयोगी बनाउनुपर्नेमा जोड दिए ।

उनले एसईई पछिको पढाई विद्यार्थीले रोजेको विषय हुनुपर्ने बताए । उनले न्यू एभरेष्ट यसपटकको एसईईमा जिल्लामा उत्कृष्ठ हुने सफल भएको भन्दै यसलाई निरन्तरता दिन सवै पक्षमा ध्यान दिन आग्रह गरे । प्याव्सनका पूर्व केन्द्रिय सदस्य विजयराज पन्तले परीक्षा र नतिजा विद्यार्थी जीवनमा महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण अधिकारी, विद्यार्थीको तर्फबाट पुजा सापकोटा, अनुषा कँडेल, अभिभावक बाबुराम सापकोटा लगायतले विद्यालयको प्रगतिको वारेमा बोलेका थिए । विद्यार्थीलाई फुल, खादा, अबिर र सम्मान पत्रले सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता, सहायक प्रधानाध्यापक प्रवेश मुखिया को स्वागत मन्तब्य र शिक्षक माधव शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->