बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङ बजारमा अकल्पनिय बाढी, पसल र घरहरुमा क्षति

बागलुङ बजारमा अकल्पनिय बाढी, पसल र घरहरुमा क्षति


  • ढोरपाटन संवाददाता
  • असार २८ २०८१, बिहिबार
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

तस्बिर : सुमन थापा क्षेत्री
बागलुङ/बुँधबार साँझदेखि परेको भीषण वर्षापछि अकल्पनिय रुपमा आएको बाढीले सदरमुकाम बागलुङ बजारका पसल र घरमा क्षति पुर्याएको छ ।
बाढीले बागलुङ नगरपालिका २ हाँडेपाखाको नालीबाट श्रीनगरटोलहुँदै क्याम्पस चोक, बालमन्दिर रोड, लोकतान्त्रिक चोक, हल्लनचोकका पसल र घरमा क्षति पुर्याएको हो । मध्यपहाडी लोकमार्ग र हाडेपाखाबाट आएको बाढीले पसल र घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
बाढीको कारण बागलुङ नगरपालिका–२ श्रीनगरटोलको हरिकृष्ण सप्लायर्स, लक्ष्मी रेष्टुरेन्ट सहित श्रीनगरटोल, क्याम्पस चोकमा रहेका अधिकांश घर र पसलहरु, लोकतान्त्रिक चोकमा रहेका पसलहरुमा क्षति पुगेको छ । पसलमा भएका सामानहरुमा क्षति हुँदा करोडौँको नोक्सान भएको व्यवसायीहरुले बताएका छन् ।
बाढीले बानपा–२ हाडेपाखास्थित कुखुरा फार्मका करिब १ हजार बोइलर कुखुरा मरेका छन् । बजारमा बाढी पसेपछि उद्वारा प्रहरी र विपद व्यवस्थापन गुल्मबाट प्रहरीहरु खटिएको थियो । बाढीबाट भएको क्षतिबारे विवरण संकलन भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->