तस्बिर : सन्तोष गौतम/म्याग्दी
म्याग्दी/जिल्लाको धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको छ ।
घर पुरिँदा तुलप्रसाद न्यौपाने र श्रीमती बालकुमारीको मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । निरन्तरको झरीका कारण म्याग्दी, राहुघाट र कालीगण्डकी नदीमा पानीको सतह बढेको छ ।





