बागलुङ/एकता सहकारी संस्था बागलुङले रजत बर्षको अवसरमा पुर्नमिलन कार्यक्रम गरेको छ । सहकारीले बिभिन्न समिति र उपसमितिका पदाधिकारीबिचमा पुर्नमिलन कार्यक्रम गरेको हो ।
संस्थाले हालसम्मको संचालक समिति, लेखा समिति र बिभिन्न उपसमितिका पदाधिकारी सदस्य गरि ९० जनालाई संस्थाको लोगो अंकित चाँदीको सिक्का बितरण गरेको थियो ।
कार्यक्रमको शुभारम्भ गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठले जिल्लाको सहकारी अभियानलाई जिवित राख्नका लागि एकता सहकारीले महत्वपूर्ण योगदान दिएको भन्दै प्रशंसा गरे । उनले आगामी दिनमा सदस्य केन्द्रित भएर संस्थाका गतिविधी संचालन गर्न समेत आग्रह गरेका छन् ।
कार्यक्रममा संस्थाका संरक्षक पद्यमचन्द्र राजभण्डारी र संस्थापक अध्यक्ष चण्डीप्रसाद शर्माले मन्तव्य व्यक्त गरेका थिए । संस्थाका प्रवन्धक दिपकजंग राजभण्डारीले स्थापना कालदेखि हालसम्म भएको गतिविधीका वारेमा जानकारी गराएका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष धु्रव प्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष युवराज राजभण्डारीको धन्यावाद मंतव्य र सहसचिव सुनिता पुरीको संचालनमा सम्पन्न भएको थियो ।





