बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पद्म नर्सिङ होमको निःशुल्क स्वास्थ्य शिबिर

पद्म नर्सिङ होमको निःशुल्क स्वास्थ्य शिबिर

५ सय बढीको स्वास्थ्य परीक्षण


  • ढोरपाटन संवाददाता
  • असार ३० २०८१, शनिबार

पोखरा/

पद्म नर्सिङ होम प्रालिले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिबिरमा ५ सय भन्दा बढिले सेवा लिएका छन् । पद्म नर्सिङ होमको आयोजना एवं पोखरा महानगरपालिका वडा नम्वर ३ को सहकार्यमा शनिबार हस्पिटल प्राङ्गणमा सम्पन्न एक दिने निःशुल्क स्वास्थ्य शिबिरबाट ५ सय भन्दा धेरै सेवाग्राहीले सेवा लिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगरपालिका–३ का वडाध्यक्ष प्रकाशमान उदासले बरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा. डाक्टर सचेत प्रभात श्रेष्ठलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेर स्वास्थ्य शिबिरको शुभारम्भ गरेका थिए । शिबिरमा १ सय ४३ जना जनरल मेडिसिन र मुटु सम्बन्धि, ९५ आँखा सम्बन्धि, ५५ जना हाडजोर्नी तथा नसारोग सम्बन्धि, ७२ जना स्त्रीरोग सम्बन्धि, ४४ जना नाक कान घाँटी रोग सम्बन्धि, ५८ जना बालरोग सम्बन्धि, ३५ जना सर्जिकल सम्बन्धी र १६ जना बाल दन्तरोग सम्बन्धि बिरामीहरुको निः शुल्क स्वास्थ्य परिक्षण गरिएको प्रालिका प्रबन्ध निर्देशक नरेन्द्र बास्तोलाले जानकारी दिए । शिबिरमा १ सय १८ जनाको भिडियो एक्सरे, १ सय ५२ जनाको ल्याब परिक्षण, ९५ जनाको मुटुको इसिजी, र ६६ जनाको एक्सरे गरिएको थियो भने बिरामीका लागि आवश्यक औसधि समेत निःशुल्क बितरण गरिएको नर्सिङ होमले जनाएको छ ।

शिबिरमा बरिष्ठ नेत्ररोग विशेषज्ञ प्राडा सचेत प्रभात श्रेष्ठ, बरिष्ठ रेडियोलोजिष्ट डा. कालु शर्मा सुबेदी, बरिष्ठ मुटुरोग बिशेषज्ञ डा.नारायण गौतम, फिजिसियन सुदर्शन सुवेदी र राजेन्द्र पौडेल, बरिष्ठ स्त्रीरोग बिशेषज्ञ महेन्द्रराज पाण्डे र सरिता गुरुङ्ग, बरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ कुलदिप नारायण अग्रहरी र अम्बालिका शाक्य, बरिष्ठ बालरोग विशेषज्ञ रामचन्द्र बास्तोला र राजन पौडेल, बरिष्ठ जनरल सर्जन ओमबहादुर कार्की, बाल दन्तरोग बिशेषज्ञ भावना सिग्देल, हाडजोर्नी तथा नशारोग बिशेषज्ञ नितेश मण्डल, मेडिकल अफिसर आश्ना बाटाजु, बिज्ञान कोइराला, स्वराज श्रेष्ठ लगायत चिकित्सकको टोलीले बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए ।

स्वास्थ्य शिबिरको शुभारम्भ गर्दै वडा अध्यक्ष उदासले स्वास्थ्य संस्थाहरुले आफ्नो सेवालाई सहज र प्रवाभकारी बनाउदै सेवामुलक रुपमा अगाडि बढ्नु पर्नेमा जोड दिए । पद्म नर्सिङ्ग होमसँगको सहकार्यमा आफ्नो वडाका नागरिकहरुलाई घरदैलोमा नै निःशुल्क उपचारको ब्यवस्था गर्न पाउदा खुसी लागेको उनको भनाई थियो । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिदै अध्यक्ष उदासले सेवामुलक संस्थाहरुले आफ्नो दायित्व भुल्न नहुने बताए ।

पद्म नर्सिङ्ग होमका अध्यक्ष इन्दिरा शर्मा सुबेदीले नागरिकको सहज स्वास्थ्य सेवा आफुहरुको उदेश्य रहेको भन्दै बिपन्न र असाहय नगरिकलाई सुलभ स्वास्थ्य सेवा दिन आफुहरु प्रयत्नशिल रहेको बताईन् । प्रालिका प्रबन्ध निर्देशक नरेन्द्र बास्तोलाले स्वास्थ्य संस्थाहरुको उत्तरदायित्व नाफामुलक मात्रै नभएकोले सेवा भावलाई अगाडि बढाउन आफ्नो संस्था तयार रहेको भन्दै गाउँघरका दुरदराजमा रहेका जनतासम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउन आफुहरु लागि रहने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->