बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पद्म नर्सिङ होमको निःशुल्क स्वास्थ्य शिविर

पद्म नर्सिङ होमको निःशुल्क स्वास्थ्य शिविर


  • ढोरपाटन संवाददाता
  • असार ३१ २०८१, आइतबार

पोखरा/पद्म नर्सिङ होम प्रालिले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय भन्दा बढीले सेवा लिएका छन् ।
पोखरा महानगरपालिका ३ को सहकार्यमा शनिबार हस्पिटल प्राङ्गणमा सम्पन्न एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट ५ सयभन्दा धेरै सेवाग्राहीले सेवा लिएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगरपालिका ३ का वडा अध्यक्ष प्रकाशमान उदासले वरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा. डाक्टर सचेत प्रभात श्रेष्ठलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर स्वास्थ्य शिबिरको शुभारम्भ गरेका थिए ।
निःशुल्क स्वास्थ्य शिबिरमा ५ सय भन्दा धेरैको स्वास्थ्य परीक्षण गरिएमा १ सय ४३ जना जनरल मेडिसिन र मुटु सम्बन्धि, ९५ आँखा, ५५ जना हाडजोर्नी तथा नसारोग, ७२ जना स्त्रीरोग, ४४ जना नाक कान घाँटी रोग, ५८ जना बालरोग, ३५ जनासर्जिकल सर १६ जना बाल दन्तरोग सम्बन्धि बिरामीहरु रहेका प्रबन्ध निर्देशक प्रबन्ध निर्देशक नरेन्द्र बास्तोला जानकारी दिए ।
शिबिरमा १ सय १८ जनाका जनाको भिडियो एक्सरे, १ सय ५२ जनाको ल्याब परिक्षण, ९५ जनाको मुटुको इसिजी र ६६ जनाको एक्सरे गरिएको थियो भने बिरामीहरूका लागि आवश्यक औसधि समेत निःशुल्क वितरण गरिएको नर्सिङ होमले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->