शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

ढोरपाटनकर्मी गौतम र उत्कृष्ट सामुदायिक वन पुरस्कृत

ढोरपाटनकर्मी गौतम र उत्कृष्ट सामुदायिक वन पुरस्कृत


  • ढोरपाटन संवाददाता
  • साउन १ २०८१, मंगलबार

म्याग्दी/डिभिजन वन कार्यालय म्याग्दीले जिल्लाका तीन वटा सामुदायिक वन उपभोक्ता समिति र पत्रकारलाई पुरस्कृत गरेको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा बन क्षेत्रको संरक्षण, ब्यवस्थापन र समुदायमा आधारित गतिविधिमा उत्कृष्ट हुन सफल सामुदायिक वन उपभोक्ता समितिहरूलाई नगदसहित पुरस्कृत गरिएको हो ।
मंगलबार डिभिजन वन कार्यालयमा आयोजित कार्यक्रममा प्रथम हुनेमा मंगला गाउँपालिका–५ छिस्वाङस्थित आरुबोट सामुदायिक वन उपभोक्ता समिति, द्धितिय मालिका गाउँपालिका–६ दिच्यामको पातलठुलो चौर गोजा रातोभी सामुदायिक वन उपभोक्ता समिति र तृतिय बेनी नगरपालिका–५ भीरमुनीको चिप्लरी सामुदायिक वन उपभोक्ता समिति छन् ।
प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमशः नगद १० हजार ७ हजार, ५ हजार नगदसहित प्रमाणपत्रले जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले सम्मान गरेका थिए ।
सोही अवसरमा पत्रकारिताको माध्यमबाट वन अतिक्रममुक्त अभियान तथा वातावरण संरक्षणमा योगदान पु¥याएको भन्दै पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष हरिकृष्ण गौतम र वन कार्यालयका कर्मचारी गोविन्द सुबेदीलाई प्रशंसापत्रसहित दोसल्लाले सम्मान गरिएको थियो । कार्की ढोरपाटनका म्याग्दी संवाददाता हुन् । सम्मानितको तर्फबाट आरुबोट सामुदायिक उपभोक्ता समितिका अध्यक्ष नरबहादुर पूर्जाले समुदायको सहकार्यबाटै वन क्षेत्र जोगाउन सकिने बताएका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख थापाले सामुदायिक वनमा विकास निर्माण हुँदा हुने विवादलाई समाधान गरी वन क्षेत्रको संरक्षण र विकासजन्य गतिविधिलाई निन्तरता दिनुपर्ने बताए । सम्मान कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख अधिकारीले सामुदायिक वनको संरक्षण र व्यवस्थापन गतिविधिहरूमा आधार मानेर तीन सय १३ सामुदायिक वन उपभोक्ता समितिमध्ये कार्यसम्पादन मूल्याङ्कनका आधारमा तीन वटा उपभोक्ता समितिलाई उत्कृष्ट छनौट गरिएको बताए । डिभिजन वन अधिकृत चन्द्रमणी सापकोटाको स्वागत र वन अधिकृत रिता खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->