बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङ प्रशाासनले राहदानीबाट उठायो झण्डै ६ करोड राजश्व

बागलुङ प्रशाासनले राहदानीबाट उठायो झण्डै ६ करोड राजश्व

राजश्वमा राहदानीको योगदान हेर्दा जिल्लाबाट वैदेशीक रोजगारी र उच्च शिक्षाको लागि विदेशीने संख्या बढोत्तरी छ ।


  • ढोरपाटन संवाददाता
  • साउन १ २०८१, मंगलबार

बागलुङ/जिल्ला प्रशाासन कार्यालय बागलुङले अघिल्लो आर्थिक वर्षमा राहदानीबाट मात्रै झण्डै ६ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । राहदानीसहित अन्य विभिन्न शिर्षकबाट ५ करोड ८७ लाख ५८ हजार ४ सय २५ रुपैयाँ राजश्व संकलन भएको हो ।
राजश्वमा राहदानीको योगदान हेर्दा जिल्लाबाट वैदेशीक रोजगारी र उच्च शिक्षाको लागि विदेशीने संख्या बढोत्तरी छ । २०८०।८१ मा नागरिकताभन्दा राहदानी बनाउने धेरै छन् । चालु आ.व. को असार मसान्तसम्म ८ हजार ४११ जनाले नयाँ नागरिकता बनाएका छन् । १३ हजार ५९ जनाले राहदानी बनाएका छन् । प्रशासनका अनुसार जिल्लामा नयाँ नागरिकता बनाउनेभन्दा ४ हजार ६४८ जना बढि नागरिकले राहदानी बनाएको तथ्यांक रहेको प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले जानकारी दिए ।
जिल्ला र इलाका प्रशासन कार्यालय बुर्तिबाङबाट नागरिकता र राहदानी लगायतका सेवाहरु नियमित प्रवाह हुँदै आएका छन् । जिल्लामा बैबाहिक अंगिकृत नागरिकता लिने १० र गैरआवसीय नेपाली नागरिकता लिने २१ जना छन् । नागरिकताको प्रतिलिपि लिनेको संख्या बढि रहेको छ । सुवेदीका अनुसार चालु आर्थिक वर्षमा कुल ६ हजार ६९२ जनालाई नागरिकताको प्रतिलिपी प्रदान गरिएको छ । नयाँ नागरिकताको हिसाबमा प्रतिलिपि भने बढि नै भएको र यसको कारणको खोजी गरिएको प्रजिअ सुवेदीले बताए ।
नाबालक परिचय पत्र बनाउनेको संख्या १ हजार २३७ जना छन् । राहदानी बनाउन आउने अधिकांश नागरिकले आफ्ना छोराछोरी पनि सँगै विदेश लैजान नाबालक परिचय पत्र बनाएर राहदानी गराउने गरेका छन् । राहदानी लिनेको संख्या बढेसँगै राजस्व संकलन पनि वृद्धि आएको छ । प्रशासनका अनुसार राहदानीसहित अन्य विभिन्न विषयमा कुल ५ करोड ८७ लाख ५८ हजार ४२५ रुपैयाँ राजश्व संकलन भएको हो ।
चालु वर्षको अन्तिमसम्म जिल्लामा कुल १९ हजार ७४५ परिचयपत्रको विवरण दर्ता भएको र १ हजार ३२२ परिचयपत्र वितरण भएका छन् । प्रशासनले यस वर्ष ५ करोड ३२ लाख ३२ हजार १० रुपैयाँ क्षतिपुर्ति तथा राहत वितरण गरेको छ । बैदेशिक रोजगारीको क्षतपुर्ति बापतको कुल ४६ लाख ३४ हजार ९६ रुपैयाँ राहत प्रदान गरेको सहायक प्रजिअ चित्रांगत बरालले जानकारी दिए । त्यसैगरी १५ लाख ६१ हजार रुपैयाँ विपद राहत र द्धन्दपिडितका लागि ५४ हजार रुपैयाँ राहत वितरण गरिएको छ । कार्यालयको समन्वयमै ४० लाख ५० हजार सडक दुर्घटनाको विमाबापतको भुक्तानी गरिएको छ ।
प्रशासनले २४ वटा मुद्धा दर्ता भएकोमा २२ वटा फैसला गरेको छ भने ८६ वटा विभिन्न उजुरी दर्ता र कारबाही गरेको छ । त्यसैगरी २७ वटा नयाँ संस्था दर्ता भएका छन् भने, १६९ वटा संघ संस्था नविकरण भएको कार्यालयको तथ्यांक रहेको छ । जिल्लामा ३१३ वटा अपराधिक घटना भएको प्रमुख जिल्ला अधिकारी सुवेदी बताउँछन् । कार्यालयको सत प्रतिशत भौतिक प्रगती भएको छ भने ९९.३० प्रतिशत वित्तिय प्रगती भएको छ ।
प्रशासन कार्यालय मातहतमै रहेको आप्रवासी श्रोत केन्द्रको सहयोगमा बैदेशिक रोजगारीमा जानकै लागि भनी राहदानी बनाउने आउने १० हजार ३६४ जना सेवाग्राहीलाई सूचना तथा परामर्श सेवा प्रदान गरिएको छ ।
साथै, प्रशासनले जिल्लाको शान्ति सुरक्षालाई अमनचयन राख्नका लागि विभिन्न स्थाीनय तहसँग समन्वय गरेको छ भने कार्यालयलाई थप प्रविधिमैत्री बनाएको छ । कार्यालयमा स्वास्थ्य परिक्षण कक्ष, अपाङ्गको लागि ह्विलचियर व्यवस्थापन, अपराध नियन्त्रण, बजार अनुगमन, लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि सचेना कार्यक्रम संचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->