बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

असारमा कालीकाको कमाइ १४ लाख, खर्च ४३ लाख

असारमा कालीकाको कमाइ १४ लाख, खर्च ४३ लाख


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०८१, शुक्रबार

बागलुङ/बागलुङ कालीका भगवती गुठीले असार महिनामा १४ लाख २७ हजार आम्दानी गरेको छ । गुठीले हरेक महिनाको आम्दानी खर्चको हिसाब सार्वजनिक गर्दै आएको छ ।
बिहिवार गरिएको सार्वजनिक अनुसार असार महिनामा १४ लाख २७ हजार २ सय १० रुपैयाँ कालीकाको कमाइ भएको हो । असारमा बिभिन्न भुक्तानी दिंदा ४३ लाख १० हजार ४ सय ५० खर्च भएको गुठीका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।
गुठीका अनुसार मन्दिरमा भक्तजनले चढाएको भेटीबाट ७ लाख ३२ हजार ६ सय १० रुपैयाँ संकलन भएको हो । असारमा बोकाबाट ६० हजार ६ सय, कुखुराबाट ४ हजार, राँगोबाट १ हजार ६ सय, भाडाबाट १ लाख ९५ हजार ५ सय र बिबाहबाट ७ हजार ५ सय संकलन भएको हो ।
विभिन्न व्यक्तिले चढाएको र दानपेटिकामा राखेको आर्थिक सहयोग ९४ हजार ९ सय तथा पेवाबाट ३ लाख २२ हजार र पंडितहरुबट ७ हजार ८ सय पैयाँ संकलन भएको बताइएको छ ।
खर्चतर्फ कर्मचारीको तलबमा ४ लाख १७ हजार, बिद्युत महसुल ३६ हजार ८ सय, अतिथि सत्कार ९१ ह्जार, सामानि खरिद ५ लाख ९६ हजार, पूर्वाधार विकास निर्माण २९ लाख ६१ ह्जार र पुजा खर्च ६८ हजार भएको हो । खाद्यान्न तर्फ ६२ हजार, मर्मतमा ११ हजार र खादा तथा मालामा ६७ हजार खर्च भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->