बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

उद्यमी बन्दै गलकोटका महिला

उद्यमी बन्दै गलकोटका महिला


  • ढोरपाटन संवाददाता
  • साउन ६ २०८१, आइतबार

बागलुङ/गलकोट नगरपालिका २ नरेठाँटीकी धना खड्काथोकीले आजकल व्यस्त दैनिकी बिताउँछिन् । बिहानैदेखि सिलाइ कटाइको कामले उनलाई फुर्सद छैन ।
गतवर्ष उनले लिएको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्र्तगतको तालिमले अहिले आत्मनिर्भर बनाइसकेको छ । अहिले उनी न्यानो मौषमका लागि कपडा उत्पादनमा व्यस्त छन् । उनी धागोबाट बन्ने सबैखाले न्यानो कपडाको सामग्री अहिले उनले काम गर्ने भण्डारनमा भरिभराउ भैसकेको छ ।

धना मात्र हैन, सिर्जना नेपाली, घामपानीकी उमा सुनार लगायतका महिलाले यो काम गरिरहेका छन् । गतवर्ष २० महिलाले नगरपालिकाको मेड्पा कार्यक्रमअन्तर्गत तालिम पाएका थिए । ती मध्ये १५ जना महिलाले यो पेशा अपनाएका छन् । वडा नं. २ को कार्यालयमै स्थापना भएको नरेठाँटी होजियारी उद्योगमा बसेर उनीहरुले सिलाइ, कटाइ, प्याकिङ लगायतको काम गरिरहेका छन् । गतवर्ष तालिम लिएकामध्ये ५जनाले उद्योगमा बसेर काम गरेका थिए । अहिले भने १५ जना पुगेका हुन् । यहाँ विभिन्न प्रकारका ९ वटा मेसिन छन् । ती मेसिनको सहायताले उनीहरुले ३ हजार वटा स्वीटर र गलबन्दी उत्पादन गरिसकेका छन् । यो वर्ष भने ५ हजार वटा सामान तयार पार्ने लक्ष्यले काम गरिरहेको खड्काथोकीले बताइन् ।

सबै मिलेर काम गर्ने र काम गरेको समयलाई मूल्यमा रुपान्तरण गरेपछि आम्दानी र खर्चको हिसाब राख्ने व्यवस्थापन मिलाइएको छ । ‘सुरुवाती चरणमा रहेकोले फाइदा कमाउने भन्दापनि काम सिक्ने अवस्थामा छाँ,ैै’ खड्काथोकीले भनिन्, ‘बिस्तारै बजार पनि बढ्दैछ ।’ उनले सिजन आएपछि यो उद्योगको महत्व बढ्ने बताइन् ।

भरतबाट कच्च पदार्थको रुपमा धागो ल्याइन्छ । यहाँ ल्याएर आवस्यकता अनुसार सामग्री बनाउने गरिएको हो । गतवर्ष माघमा लगाइएको महायज्ञमा ४ सय ५० बढी गलबन्दी उद्योगबाट बिक्री भएको थियो । विद्यालयको पोशाकको रुपमा स्वीटर प्रयोग हुने भएकोले ५ हजार बढी सामान बिक्री गर्नका लागि पहल भएको हो । स्वीटर, टाउजर, हाइनेक, गलबन्दी र खादा समेत बनाउने गरेकोले सबै क्षेत्रका उपभोक्तालाई आवस्यक पर्ने सामग्री बेच्न सकिने उद्यमीले बताए । समय अनुसार अनलाइनबाट पनि सामान बिक्रीको काम गरिने तयारी छ । महिला उद्यमीले काम गर्ने योजना बनाएपछि नगरपालिकाले १५ लाख लगानी गरिदिएको थियो । उद्यमीहरुले मेसिनमा २० प्रतिशत लगानी गरेका छन् । सामग्री सबै उद्यमीकै लगानीमा भित्राइएको हो । सुरुवातमै उद्यमी मिलेर ७ लाख लगानी गरेका छज् । वडाध्यक्ष हिमबहादुर भण्डारीले महिलालाई उद्यमी बनाएर आम्दानीमा जोड्न यो तालिम संचालन गरेर बीउपूँजीको रुपमा लगानी भएको बताए । गलकोट नगरपालिकाले युवाहरु उद्यमी बनाउने लक्ष राखेकोमा यो एउटा उदाहरणीय कार्यक्रमको रुपमा आएको वडाध्यक्ष भण्डारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->