बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

आतंक मच्चाउने ‘काली बसन्ती’ नियन्त्रणमा !

आतंक मच्चाउने ‘काली बसन्ती’ नियन्त्रणमा !


  • ढोरपाटन संवाददाता
  • साउन ६ २०८१, आइतबार

बागलुङ/केही समयदेखि बागलुङ बजारमा कुकुर आतंक बढेको छ । छाडा र भुस्याहा भनिने सामुदायिक कुकुरले टोक्ने, लखेट्ने लगायतका घटनाले मानिस आजित भएका हुन् ।
बिहीबार बेलुकी बागलुङ नगरपालिका ४ का एक ८ वर्षीय बालकलाई टोकेर गम्भीर घाइते बनाएपछि ओडारचौरबासीले नगरपालिका गुहारेपछि ‘काली बसन्ती’ नामको कुकुर नियन्त्रणमा लिइएको छ । एक महिनादेखि उक्त कुकुरले त्यहाँ आतंक मच्चाएको थियो ।
पशुविकास शाखाका प्रमुख मित्रलाल सापकोटासहितको टोली पुगेर कुकुर नियन्त्रणमा लिएको हो । उक्त कुकुरले ती बालकको हातको पाखुरामा हड्डी समेत चर्कने गरी टोकेको छ । गम्भीर घाइते बालकलाई तत्काल उपचारका लागि गण्डकी अस्पताल पु¥याइएको छ ।
नियन्त्रणमा लिएको उक्त कुकुरलाई बागलुङ नगरपालिकाले सुरक्षा दिएर राखेको छ । हरेक महिना विभिन्न टोलमा कुकुरले टोकेको बिरामी अस्पताल पुग्ने गरेका छन् । ती कुकुरको पनि पहिचान गरेर नियन्त्रणमा लिने तयारी नगरपालिकाले गरेको सापकोटाले बताए ।
अघिल्लो वर्षदेखि नै यस्ता समस्या आएपछि नगरपालिकाले ‘कुकुर सेल्टर हाउस निर्माण परियोजना’ सुरु गरिसकेको छ । नियन्त्रणमा लिएका ती कुकुर सेल्टरमा लैजाने सापकोटाले जानकारी दिए । बानपा ३ मा जग्गा खरिद गरेर नगरपालिकाले तत्काल ५० वटा कुकुर राख्ने गरी ३ वटा ट्रस्ट बनाइसकेको हो । उक्त स्थानमा तारबार लगाउने तयारी छ ।
संरक्षणमा राखिएका कुकुरको खानपानको जिम्मासमेत नगरले गर्नेछ । ‘टोक्ने कुकुरलाई धेरै मानिसले ढुंगा हान्ने पनि गर्छन्, त्यसले उनीहरु झन् रिसाहा बनेर मानिसमा झम्टने गर्छन्,’ सापकोटाले भने, ‘जोखिममा परेका कुकुरबाट पनि मानिसमा आक्रमणको खतरा हुन्छ ।’ नगरपालिकाले चालु वर्षको बजेटमा कुकुर सेल्टरका लागि बजेट विनियोजन गरेको छ ।
नवप्रवद्र्धन कार्यक्रमअन्तर्गत मुख्यमन्त्री कार्यालयको साझेदारीमा नगरपालिकाले १ करोड लागतमा सेल्टर बनाउन लागेको हो । नगरपालिकाले ३५ लाख र मुख्यमन्त्री कार्यालयले ६५ लाख खर्च गर्ने सम्झौता भएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->