बागलुङ/उत्तरगंगा नदी तर्ने क्रममा बेपत्ता भएका बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ८ सिकारु खोला बस्ने ५४ वर्षिय राम बहादुर बिक मृत फेला परेका छन् ।
घरदेखी अन्दाजी ८ सय मिटर दक्षिण ढोरपाटन नगरपालिका वडा नं. ९ स्थित उतरगंगा नदीमा आफुले लगाउने कपडा र चप्पल किनारमा राखी नदी पर्ने क्रममा आइतबार बेपत्ता भएका बिक सोमबार बिहान मृत फेला परेका हुन् ।
बिक खोलामा बगाएको स्थानदेखि करिब १० किलोमिटर तल ढोरपाटन नगरपालिका ९ गिजाको काठे पुलस्थित उतरगंगा खोलाको बिच भाग मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक राज कुमार विकको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।





