बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

प्रहरीद्वारा बडिगाडबाट भरुवा बन्दुक बरामद

प्रहरीद्वारा बडिगाडबाट भरुवा बन्दुक बरामद


  • ढोरपाटन संवाददाता
  • साउन ७ २०८१, सोमबार

बागलुङ/प्रहरीले जिल्लाको बडिगाड गाउँपालिकाबाट एकनाले भरुवा बन्दुक बरामद गरेको छ । प्रहरी चौकी खर्वाङबाट खटिएको प्रहरी टोलीले सोमबार बडिगाड ३ ताराङ्जा देउरालीको जंगलमा बेवारिसे अवस्थामा रहेको एकनाले भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी विजय यादवले जानकारी दिए ।
खर्वाङ चौकीबाट प्रहरी सहायकनिरीक्षक मन बहादुर क्षेत्री नेतृत्वको टोलीले साबुत २, बेसाबुत ३ गरी जम्मा ५ नाल भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको थियो । जंगलमा बन्दुक कस्ले र किन राख्यो भन्ने विषयमा अनुसन्धानको लागि प्रहरी निरीक्षकको टोती खटिएको डिएसपी यादवले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->