फाइल तस्बिर
बागलुङ/बागलुङ नगरपालिका वडा नं. १० दव्ल्याङमा पहिरो खस्दा कालीगण्डकी करिडोर अबरुद्ध भएको छ । सोमबार रातीदेखिको अबिरल वर्षापछि आएको पहिरोले दव्ल्याङमा सडक बगाएको हो । तीन वर्षदेखि हरेक वर्षा याममा निरन्तर चलिरहेको पहिरोले सामान्य वर्षामा समेत उक्त सडक अबरुद्ध हुने गरेको छ ।
करिडोर अबरुद्ध हुँदा सदरमुकाम बागलुङ बजारबाट जिल्लाको दक्षिण क्षेत्रमा सवारी आवागमन ठप्प भएको प्रहरी नायव उपरीक्षक बिजय यादवले बताए । करिडोरहुँदै लामो दुरीका लागि छुटेका सवारी समेत पहिरो आसपासमा रोकिएका छन् ।
कालोपत्रेको काम चलिरहेको बागलुङ–बलेवा विमानस्थल खण्डमा ठाउँ ठाउँमा पहिरोले करिडोर क्षतविक्षत बनाएको छ । कालोपत्रेको काम गरिरहेको बिडारी निर्माण सेवाले पहिरो पन्छाउने र पहिरोले बगाएका संरचना पुननिर्माणको काम गरिरहेको भएपनि सडक खुल्न केही समय लाग्ने यादवले जानकारी दिए ।





