बागलुङ/धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा बिविए अध्यनरत विद्यार्थीहरुलाई बैंकिङ करियर सम्बन्धी एक दिने तालिम दिइएको छ । बागलुङ जेसीज र लायन्स क्लव अफ धौलागिरि बागलुङको संयुक्त आयोजनामा बिबिए पाँचौं र सातौं सेमेष्टरका विद्यार्थीहरुलाई तालिम दिइएको हो ।
पछिल्लो समय आम युवा विद्यार्थीहरुले रोजगारका लागि बिदेश रोजिरहेको अवस्थामा बैंकिङ क्षेत्रमा लाएर पनि जिवीकोपार्जन गर्न सकिने भएकाले स्वेदशमै बसेर केहि गर्न अभिप्रेरित गर्ने उद्देश्यले तालिम दिइएको बागलुङ जेसीजले जनाएको छ ।
क्याम्पस प्रमुख प्रा. डा. रामप्रसाद उपाध्यायले तालिममा बोल्दै देशमा रोजगार नभएका कारण युवा बिद्यार्थीहरु बिदेशीनु पर्ने अवस्थालाई अन्त्य गर्नका लागि सवैको ध्यान जानुपर्नेमा जोड दिएका थिए ।
७० जनाको सहभागीता र बैंकर्स बागलुङका अध्यक्ष एवं ग्लोबल बैंकका शाखा प्रबन्धक हेमराज शर्माले सहजीकरण गरेको कार्यक्रममा क्याम्पसका उपप्राध्यापक तथा बागलुङ जेसीजका पुर्व अध्यक्ष जोहन बज्राचार्यले जेसीजबारे जानकारी गराएका थिए ।
कार्यक्रम बागलुङ जेसीज बर्ष २०२४ का अध्यक्ष गणेश महतोको अध्यक्षता, लियो क्लव अफ धौलागिरि बागलुङका सचिव सचिन हरिजनको स्वागत र बागलुङ जेसीज बर्ष २०२४ का तालिम संयोजक सुशान्तकृष्ण श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।





