बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

यातायात व्यवस्था कार्यालय प्राविधिकविहिन

यातायात व्यवस्था कार्यालय प्राविधिकविहिन


  • तारा प्रसाद शर्मा
  • साउन ९ २०८१, बुधबार

बागलुङ/यातायात व्यवस्था कार्यालय बागलुङमा प्राविधिक नहुँदा सेवाग्राही मर्कामा परेका छन् । कार्यालयमा दुई जना प्राविधिकको दरबन्दी भएपनि हाल दुवै पद रिक्त हुँदा सेवाग्राही मर्कामा परेका हुन । प्राविधिक अभाव हुँदा सवारी चालक अनुमती पत्रको प्रयोगात्मक परीक्षा, सवारी दर्ता, सवारी नामसारी र सवारी जाँचपास सेवा प्रभावित भएका हुन् ।
कार्यालयको संगठन संरचना अनुसार यातायात व्यवस्था कार्यालयमा दरबन्दी रहेका सिनियर मेकानिकल सुपरभाइजरलाई मन्त्रालयले नवलपुर खटाएको र मासिक ज्यालादारीमा रहेका मेकानिकल सुपरभाइजरको असार मसान्तपछि कार्य अवधि सकिएपछि सेवा प्रवाह गर्न असहज भएको कार्यालय प्रमुख गुमादेवी शर्मा रिजालले जानकारी दिइन् ।
सिनियर मेकानिकल सुपरभाइजर नवरपुर खटिएपनि तलबभत्ता भने बागलुङबाट खाँदै आएका छन् । मन्त्रालयले साउन दोस्रो साता लोकसेवा आयोगबाट सिफारिस भै आउने प्राविधिकलाई पठाउने तयारी गरेको रिजालको भनाई छ ।
सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा असार दोस्रो सातादेखि नै रोकिएको र अन्य सेवा साउन महिनादेखि प्रभावित भएको छ । प्राविधिक नहुँदा कार्यालय धाउँदा पनि सेवा लिन नसेको र जरिवानामा पर्ने अवस्था सिर्जना भएको सेवाग्राहीको गुनासो छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->