बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रोटरी क्लब अफ बागलुङको १९ औं पदस्थापन

रोटरी क्लब अफ बागलुङको १९ औं पदस्थापन


  • कृष्ण संयोग
  • साउन १० २०८१, बिहिबार

बागलुङ/रोटरी क्लब अफ बागलुङको १९ औं पदस्थापन कार्यक्रम बिहिबार सम्पन्न भएको छ । सामाजिक क्षेत्रमा काम गर्दै आएको रोटरी क्लब अफ बागलुङको वर्ष २०२३÷२४ का अध्यक्ष दिपेन्द्रबहादुर घिमिरेको कार्यकाल सकिएपछि वर्ष २०२४÷२५ का अध्यक्ष रामकृष्ण शर्माले पदभार ग्रहण गरेका हुन् ।
शर्मालाई घिमिरेलगायत पूर्व अध्यक्षहरुले पदस्थापन गराएका थिए । कार्यक्रमको उद्घाटन गर्दै रोटरी डिस्ट्रीक ३२९२ बर्ष २०२४÷०२५ का डिस्ट्रीक गर्भनर राजेन्द्रमान शेरचनले रोटरीको अभियानलाई सफल पार्न सबैको सहकार्य आवश्यक रहेको बताए । कार्यक्रममा रोटरी डिस्ट्रीक ३२९२ वर्ष २०२४÷०२५ जोन २१ का एसिस्टेन गर्भनर गणेश पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
रोटरीले प्रत्येक वर्ष प्रकाश गर्दै आएको ‘अर्पण’ विमोचनसहित भएको कार्यक्रममा रोटरी वर्ष २०२३÷२४ का अध्यक्ष दिपेन्द्रबहादुर घिमिरेले वर्षभरी गरेका कार्यक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम रोटरी वर्ष २०२४÷०२५ का अध्यक्ष रामकृष्ण शर्माको अध्यक्षता, आगामी अध्यक्ष नारायण गौतमको स्वागत र सचिव निशान खड्काको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->