बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

स्वामी केशवाआचार्यलाई ५१ हजारसहित अभिनन्दन

स्वामी केशवाआचार्यलाई ५१ हजारसहित अभिनन्दन


  • कोपिला कँडेल
  • साउन १० २०८१, बिहिबार

बागलुङ/श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर शालग्राम क्षेत्र कुँडुले फेदीले जगत गुरु कमलनयनाचार्य यतिराज आश्रम माईघर झापाका मठाधिश श्री १००८ स्वामी केशवाचार्यलाई अभिनन्दन गरेको छ ।
श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिरका संस्थापक बैकुण्ठवासी स्वामी श्रीधराचार्यको त्रिदिवसिय कार्यक्रमका साथ ८५ औँ जन्मोत्सव मनाउन शुरु गरेको मुक्तिनारायण मन्दिरले बिहिबार स्वामी केशवाचार्यलाई ५१ हजारसहित दोसल्ला ओढाएर सम्मान गरेको हो । उनलाई मन्दिरका अध्यक्ष तथा शालग्राम संग्रहालयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्य र नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले संयुक्त रुपमा अभिनन्दन गरेका थिए ।
सनातन वैदिक धर्म संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै केशवाचार्यलाई अभिनन्दन गरिएको हो । सो पुरस्कारबाट गतवर्ष वैदिक गुरु स्वामी पुरुषोत्तम आचार्यलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै काँग्रेस गण्डकी प्रदेशका सभापति शर्माले शान्ति र शुख प्राप्तीका लागि सबै संग आध्यात्मिक शक्तिको आवश्यकता पर्ने बताए । कार्यक्रममा सम्मानित व्यक्तित्व स्वामी केशवाचार्य, लक्ष्मीहरि मन्दिर पर्वत सहस्रधाराका अध्यक्ष श्री १ हजार ८ स्वामी नारायण प्रपन्नाचार्य उपाध्याय, रामानुज आश्रम पाल्पाका मठाधिश श्री १ हजार ८ स्वामी डा. केशव आचार्य, र प्रा. डा. भानुभक्त आचार्य शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
शालग्राम क्षेत्रले ४८ घण्टे अखण्ड कृतन, निशुल्क आँखा परिक्षण शिविर, प्रवचन, दैनिक पाठपारायण लगायतका कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम मन्दिरका अध्यक्ष तथा शालग्राम संग्रहालयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यको अध्यक्षता र उपाध्यक्ष हरिप्रसाद उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->