बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पर्या–पर्यटनमार्फत आयआर्जन र रोजगारीको कार्यक्रम

पर्या–पर्यटनमार्फत आयआर्जन र रोजगारीको कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • साउन १२ २०८१, शनिबार

बागलुङ/काठेखोला गाउँपालिकामा पर्यापर्यटनमार्फत् सीमान्तकृत युवा तथा महिलाका लागि आयआर्जन र रोजगारी सिर्जनासम्बन्धी परियोजना शुरु भएको छ ।
गाउँपालिकाको साझेदारी, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको व्यवस्थापन र युएनडिपीको सहयोगमा उक्त परियोजना संचालनमा आएको हो । विशेषगरी काठेखोला गाउँपालिकाभित्र हाल संचालनमा रहेका ४ र एक नयाँ स्थापना गरेर ५ वटा घरबास कार्यक्रमलाई सहयोग गर्ने, उक्त कार्यक्रममार्फत युवालाई रोजगारीमा लगाउने गरी परियोजना संचालन हुन लागेको फाउण्डेसनकी कार्यक्रम व्यवस्थापक मनिता पुनले जानकारी दिइन् । त्यसका लागि गाउँपालिकाले ६ लाख विनियोजन गरेको छ भने युएनडिपीले एनजिडिएफमार्फत् १३ लाख ९ हजार सहयोग गरेको हो ।
उक्त बजेटबाट घरबास संचालकलाई सरसफाइ, व्यवस्थापन र पाहुना सत्कारसम्बन्धी तालिम, आवस्यक सामाग्री र उपकरण प्रदान तथा सुरक्षा अभिमुखीकरण पनि दिइने छ । गुन्दु्रक, अचार लगायतका मौलिक र अर्गानिक परिकार बनाउन सहयोग गर्ने, पर्यटक बस्ने कोठा आर्कषक बनाउने र घर सजाउने तरिका सिकाइने छ । पुनले परियोजनाबारे अभिमूखीकरणको प्रस्तुतीकरण पनि गरेकी थिइन् ।
होमस्टे व्यवस्थापन नभएकोले आएका समस्या र नकारात्मक धारणा चिर्दै पर्यटन संस्कृतिको विकास गर्दा युवाहरु गाउँमै स्वरोजगार बन्ने अवसर प्राप्त हुने भएकोले कार्यक्रमलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक भएको गाउँपालिका अध्यक्ष राजु थापाले बताए । उनले कार्यक्रमलाई प्रभावकारी बनाएर देशभरका पर्यटकलाई ग्रामीण पर्यटनको रुपमा काठेखोला चिनाउने अभियान चलाउन सकिने बताए ।
पालिका अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा, वडा अध्यक्षहरु, कृषि, भेटेनरी र महिला विकास शाखाका प्रमुखले कार्यक्रममा आवस्यक सुझावसहित परियोजना संचालन गर्न आग्रह गरेका थिए ।
उनीहरुको सल्लाह अनुसार कृषिको व्यवसायिकीकरण गर्दै अर्गानिक खाना खुवाउने काममा ती परियोजनाहरु संचालन गर्नुपर्ने, होमस्टे संचालन हुने गाउँ जाने सडक स्तरीय बनाउनुपर्ने लगायतको सुझाव आएको एनजिडिएफका सचिव उमेश गौतमले जानकारी दिए । यो कार्यक्रमको प्रभावकारिता पछि वातावरण, जैविक विविधता तथा पर्यापर्यटनका अन्य कार्यक्रम संचालन गरिने समेत उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->