बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मरेको भैंसी बधस्थलमा काटेपछि…

मरेको भैंसी बधस्थलमा काटेपछि…


  • ढोरपाटन संवाददाता
  • साउन १५ २०८१, मंगलबार

म्याग्दी/बेनी नगरपालिका–२, हाडेभिरमा बिरामी भएर मरेको भँैसी काट्दै गरेको अवस्थामा रंगेहात फेला पारी कारवाहीको प्रक्रिया अगाडी बढाइएको छ ।
ग्रामीण क्षेत्रमा रहेका कृषकको गोठबाट सिकिस्त बिरामी अवस्थामै ल्याइएको भैँसी बधस्थल बाहिरै काट्दै गरेको अवस्थामा सर्वसाधारणले दिएको सूचनाको आधारमा सुरेश दर्जी सहितको टोलीलाई रंगेहात समातिएको बेनी नगरपालिका पशु शाखाले जनाएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. भरत रेग्मी, बेनी नगरपालिका पशु शाखाका चिकित्सक चिन्तामणी शर्मा, नेपाल प्रहरी र नगरप्रहरी सहितको टोलीले अनुगमनको क्रममा खरिद गरी ल्याउँदै गरेको अवस्थामा बधस्थल बाहिर नै मरेपछि हतारमा काट्दै गरेको अवस्थामा फेला पारेको बेनी नगर पशु शाखाका चिकित्सक शर्माले बताए ।
‘बिरामी भैंसी ल्याउँदै गर्दा बधस्थल बाहिर नै मरेपछि साँझपख काट्दै गरेको अवस्थामा फेला पायौं, कानूनी कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ,’ पशु चिकित्सक शर्माले भने ।
पशु बिक्रेता र खरिद गर्ने दुबैले बिरामी अवस्थामा बिक्री गरेको र ल्याउँदै गर्दा बधस्थल नजिकै मरेको स्वीकार गरेको बेनी नगरपालिका पशु शाखाका चिकित्सक चिन्तामणि शर्माको भनाई छ । मासु ब्यवसायी दर्जीलाई खाद्य ऐन अनुसार कारवाहीका लागि सिफारिस गरिएको छ । मरेको भैसी नजिकै खाल्टो खनेर बिर्सजन गरिएको थियो ।
नगरपालिकाकै सक्रियतामा बनाइएको बधस्थलबाट बेनीबजार तथा आसपासका क्षेत्रमा राँगा र भैँसी मासुको खपत धेरै हुन्छ । पशु बधशाला र मासु जाँच ऐन ०५५ तथा नियमावली २०५६ मा पशु काट्नुअघि र काटेपछि मासु जाँच्नुपर्छ प्रावधान भएपनि म्याग्दीमा जनशक्तीको अभाव भन्दै मासु ब्यवसायीले राँगा र भैँसी बिना परीक्षण काट्ने गरेका छन् । बधशालामा राँगाको तुलनामा भैसी धेरै काट्ने गरिएपनि प्रभावकारी अनुगमन हुने गरेको छ ।
पछिल्लो समय दुग्धपालक कृषकको संख्या बढेसँगै थारा भैसी सस्तो मुल्यमा कटाउने गरेपनि ब्यवसायीले राँगाकै सहर भैँसीको मासुको मूल्य लिने गरेका छन् । बेनीको बधस्थलको अवस्था सधै लथालिंग छ । मासु र फोहोर सँगसँगै राखेको, हड्डीहरूमा किरा परेको, मासु काट्ने स्थान अत्यधिक फोहोर हुने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->