शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

न्युजिरल्याण्डमा नेपाली दूतावास खोल्न परराष्ट्रमन्त्रीलार्ई ज्ञापनपत्र

न्युजिरल्याण्डमा नेपाली दूतावास खोल्न परराष्ट्रमन्त्रीलार्ई ज्ञापनपत्र


  • ढोरपाटन संवाददाता
  • साउन १५ २०८१, मंगलबार

म्याग्दी/गैरआवासीय नेपाली संघ न्यूजिल्याण्डले नेपाली दूतावास स्थापनाको माग राखेर सोमबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
पटक–पटक माग गर्दासमेत सुनुवाइ नभएको भन्दै परराष्ट्रमन्त्री डा.देउवालाई मन्त्रालयमै पुगेर न्युजिरल्याण्डमा रहेका नेपालीलाई दुतावास नहुदाँ निकै समस्या भएकाले दुतावास स्थापना अपरीहार्य रहेकाले ज्ञापन पत्र बुझाएको गैर आवासीय नेपाली संघ न्युजिरल्याण्डका अध्यक्ष लाल केसीले बताए ।
‘न्यूजिल्याण्डमा नेपालीको संख्या थपिदै छ, दूतावास नहुदाँ धेरै मर्का परेको छ’ अध्यक्ष केसीले भने । २० हजारभन्दा बढी न्यूजिल्याण्डमा र प्रशान्त द्वीप क्षेत्रका करिब १० हजार गरी ३० हजारभन्दा बढी नेपालीको बासोबास रहेको छ । न्यूजिल्याण्डमा दुतावास स्थापना हुदाँ ३० हजार नेपालीलाई सहज हुने अध्यक्ष केसीद्धारा बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ ।
अष्टेलियामा झण्डै १ लाख ५० हजार नेपालीहरु रहेको अष्टे«लियामा रहेको नेपाली दुतावासले त्यहाँ रहेका नेपालीको समस्या समाधान गर्न धौ–धौ रहेको अवस्थामा न्युजिरल्याण्ड र प्रशान्तद्वीप क्षेत्रमा बासेबास गर्ने नेपालीको समस्या समाधान गर्न झनै कठिन भएकाले दूतावास स्थापनाको माग गरिएको अध्यक्ष केसीको भनाई छ ।
नेपालीले पासर्पोटमा प्रयोग हुने बायोमेट्रिक नमुना संकलन दुतावासबाट मात्रै हुने, हराएको पासर्पोट बनाउन वा पासर्पोट नविकरण गर्न जाँदा अष्टे«लियाले सजिलै भिषा नदिदाँ धेरै नेपालीको बिचल्ली,खर्चिलो र अन्य समस्याहरूको तथ्य विवरण समेत सरकारी निकायमा जानकारी गराइएको छ ।
ज्ञापनपत्रमा भनिएको छ,‘यसअघि पनि पटकपटक नेपाल सरकारको ध्यानाकर्षण गराईसकेका छौं त्यसैले न्युजिरल्याण्डमा नेपाली दुतावास स्थापनाका लागि प्रधानमन्त्री ज्यूलाई सादर अनुुरोध गर्दछौं ।’
यसअगाडी समेत निर्वतमान प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधबकुमार नेपाल लगायत उच्चपदस्थ राजनीतिक दलका नेताका साथै पराष्ट्र मन्त्रालयमा समेत पुगेर नेपाली दूतावासका लागि पहल गरिदिन अनुरोध गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->