शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

राहुघाट जलविद्युत्को सुरुङ जोडियो

राहुघाट जलविद्युत्को सुरुङ जोडियो


  • ढोरपाटन संवाददाता
  • साउन १५ २०८१, मंगलबार

म्याग्दी/ लामो प्रतिक्षापछि नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङको मंगलबार ‘ब्रेक थ्रु भएको छ । प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाटको ६ हजार २७० मिटर लामो सुरुङ जोडिएको आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीले बताए । ‘यो ऐतिहासिक काम भएको छ, अब बाँकी कामले झनै तिब्रता पाउने छ’ केसीले भने । विद्युत उत्पादनका लागि सुरुङ जोडिने कार्यलाई महत्वपूर्ण मानिन्छ ।

रघुुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र प्रबन्ध सञ्चालक केसीले बाँध र अँघेरीखोलाको अडिट नं २ जोड्ने दुई हजार ३३२ मिटर लामो सुरुङमा संयुक्त रूपमा ‘स्विच’ थिचेर विस्फोट गराई सुरुङ जोडेका थिए । रघुगंगा गाउँपालिका–४, दग्नामको फेदीमा रहेको बाँधदेखि वडा नं ३ तिल्केनीचौरसम्म जोड्ने सुरुङ मार्ग खन्ने क्रममा चारवटा पहुँच मार्ग (अडिट) थिए । रघुगंगा गाउँपालिका–३, पिप्लेस्थित मुख्य सुरुङको आउटलेट (अन्तिम विन्दु)देखि तिल्केनीचौरमा निर्माणाधीन विद्युतगृहमा पानी खसाल्ने पाइपलाइन राख्ने एक हजार ४९ मिटर लामो प्रेसर साफ्ट सुरुङ गत जेठ महिनामा जोडिएको थियो । आयोजनाको सिभिलतर्फ आयोजनाको ६० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ ।

भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो । आयोजनाको सुरुवातमा ३२ मेगावाटमा डिजाइन गरिएको भएपनि जलविद्युत् आयोजनालाई आठ मेगावाट बढाएर ४० मेगावाट पु¥याइएको थियो । रघुगंगा गाउँपालिका–४ दग्नाम र ५ नं वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पीआरओआर) प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युतगृहको संरचना निर्माण भइरहेको छ । अबको एक वर्षभित्र राहुघाटको परीक्षण उत्पादन गर्ने लक्ष्य रहेको छ । विगतमा भारतीय कम्पनीको ढिलासुस्तीका कारण आयोजना निर्धारित समयमै सम्पन्न हुन नसकेकपछि ठेक्का रद्ध गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->