बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

उच्च अदालतद्वारा ८७ प्रतिशत मुद्दा फैसला

उच्च अदालतद्वारा ८७ प्रतिशत मुद्दा फैसला


  • ढोरपाटन संवाददाता
  • साउन १६ २०८१, बुधबार

बागलुङ/उच्च अदालत बागलुङले आर्थिक वर्ष २०८०÷०८१ मा ४ सय ५८ मुद्दा फैसला गरेको छ । उक्त अंक ८७ दशमलब ९१ प्रतिशत हो । उच्च अदालतमा दुइ वा दुइभन्दा बढी न्यायाधिसको संयुक्त इजलासमा मात्र फैसला गरिन्छ ।
गतवर्ष उच्च अदालतमा न्यायाधिसको पदपुर्तिमा ढीलाइ हुँदा न्याय सम्पादन ढीला भएको थियो । तरपनि लक्ष्यको १ सय २९ प्रतिशत मुद्दा फैसला गरेको छ । अदालतले ३ सय ५५ मुद्दा फैसला गर्ने लक्ष्य राखेकोमा असार मसान्त सम्ममा ४ सय ५८ मुद्दा फैसला भएको हो । मंगलबार पत्रकार सम्मेलनको अवसरमा रजिष्ट्रार लालसिंह थापाले मुद्दा फछ्र्याैटको अवस्थाबारे जानकारी गराएका थिए ।
अघिल्लो वर्ष जिम्मेवारी सरेर आएका १ सय ६१ मुद्दामा गतवर्ष परेका ३ सय ६० गरी ५ सय २१ मुद्दा रहेकोमा कुल मुद्दाको ८७ दशमलब ९१ प्रतिशत फैसला गरेको थियो । गतवर्षको फैसलाबाट चालु वर्षका लािग ६३ वटा मुद्दा मात्रै सरेका छन् । सरेका मध्येपनि ६ महिना काटेका एउटा मात्रै मुद्दा बाँकी रहेको उच्च अदालत बागलुङका मुख्य न्यायाधिस नातीबाबु लामिछानेले बताए ।
अदालतले चालु वर्षका लागि पनि लक्ष्य निर्धारण गरेर काम थालिसकेको छ । अदालतको फुल बेञ्चले तयार पारेको लक्ष्य अनुसार मंगलबारदेखि काम शुरु भएको रजिष्ट्रार थापाले बताए । अदालतको लक्ष्य अनुसार चालुवर्ष कुल ७ सय ६९ मुद्दाको लागत रहने र ५ सय ९४ फछ्र्यौट गर्ने लक्ष बनाइएको हो ।
अदालतले गुणस्तरीय न्याय, नागरिकलाई न्यायमा पहुँच, अदालतको आस्था वृद्दि गर्ने र सूचना प्रविधिमा संस्थागत विकास गर्ने लक्ष्यसहित काम अगाडि बढाएको थापाले जानकारी दिए । अदालतले आउटरिच कार्यक्रममार्फत जनताका चासोको विषय पनि खोजी गरिरहेको थापाले जानकारी दिए । पछिल्लो समय अदालतप्रति जनआस्था बढाउने र न्यायमा नागरिकको पहुँच बढाउन पनि पहल भएको उनले बताए । कार्यक्रममा न्यायाधिस र रजिष्ट्रारले पत्रकारहरुसंग अन्तरक्रिया पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->