बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विद्युत प्राधिकरणको वार्षिकोत्सवमा वृक्षारोपण

विद्युत प्राधिकरणको वार्षिकोत्सवमा वृक्षारोपण


  • तारा प्रसाद शर्मा
  • साउन १६ २०८१, बुधबार

बागलुङ/नेपाल विद्युत प्राधिकरणको ३९ औँ बार्षिकोत्सवको अवसरमा बागलुङमा वृक्षारोपण गरिएको छ । भदौ १ गते पर्ने वार्षिकोत्सवको सन्दर्भ पारेर बिभिन्न कार्यक्रमको आयोजना गरेको विद्युत प्राकिरण बागलुङ बितरण केन्द्रले बागलुङ नगरपालिका वडा नं. ३ स्थित पावर हाउस नो लाइट परिषरमा वृक्षारोपण गरेको हो ।
वार्षिकोत्सवलाई मध्यनजर गर्दै पावर हाउस परिसरमा कर्मचारीको उपस्थिती र सक्रियतामा अम्बा, आँप, एभोकाडो, बर्रो लगाएत अन्य फलफुुलका बिरुवा रोपिएको केन्द्र प्रमुख इन्जिनियर पवन पौडेलले जानकारी दिए ।
नेपाल विद्युत प्राधिकरणको आफ्नै जग्गाममा करिव ७० ओटा बिरुवा रोपिएको पौडेलले बताए । वार्षिकोत्सवको अवसरमा प्रदेश स्तरीय हाजिरीजवाफ, व्याडमिन्टन, चेस, टीटी लगाएतका प्रतियोगिता पनि संचालन हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->