शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

दरबाङ म्याग्दी जलविद्युतकाे काम धमाधम

दरबाङ म्याग्दी जलविद्युतकाे काम धमाधम


  • ढोरपाटन संवाददाता
  • साउन २१ २०८१, सोमबार

म्याग्दी/ पश्चिम म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले आगामी असोज महिनादेखि सिभिलतर्फको काम सुरु गर्ने भएको छ । पछिल्लो ५ महिना सुस्त गतीमा रहेपनि अहिले दरबाङको छ्यारछ्यारे माथिको ढाँडखर्कमा अडिट नं २ सुरुङ ८८ मिटर खन्ने काम तिब्रगतिमा अगाडी बढेकोमा हेड टनेलसम्म प्ुग्ने गरी अडिटमा दुई सिफ्टमा काम भइरहेको आयोजनाका जियोलोजिस्ट चित्र बिक्रम टन्डनले बताए ।

२०७५ देखि पूर्वाधार निर्माण सुरु भएको आयोजनाको विगतमा सुरुङ खन्ने जिम्मा लिएका ठेकेदारले काम छोडेर बेपत्ता भएपछि काम रोकिएको अवस्थामा आयोजनाले नै कामदार खोजेर अडिट नं २ को काम गरेकोमा अब सिभिल सहित बाँकी कामलाई तिब्रता दिने धौलागिरी कालिकाका सञ्चालक तथा अध्यक्ष विनोद कुँवरको भनाई छ । ‘अब तालिका अनुसार नै काम अगाडी बढ्छ, हामीले अहिलेसम्म बैंकको कर्जा प्रयोग गरेका छैनौ, संस्थापक लगानीकर्ताकै लगानीबाट अहिलेसम्मको काम गरिएको छ’ अध्यक्ष कुँवरले भने । आगामी दुईबर्षभित्र परीक्षण उत्पादनको लक्ष्य रहेको उनले सुनाए । आयोजनाको साइट कार्यालय, आवासगृहसहितका भौतिक संरचना तयार रहेकाले अब बाँकी काम सम्पन्न गर्न सहज रहेको कुँवरको भनाइ छ । उनले आयोजनालाई आवश्यक पर्ने सम्पुर्ण जग्गा समेत खरिद गरिसकिएको बताए ।

मालिका–५ देवीस्थान–७ बिमको सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको सुरुङमार्गबाट ल्याइने पानीलाई दुखुबेँसीमा रहने आउटलेटबाट बालौटेमा निर्माण हुने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने तयारी छ । ५ अर्ब १५ करोड कूल लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रवद्र्धक र सर्वसाधारणको सेयर लगानी रहनेछ । आयोजनास्थलमा संस्थापक लगानीकर्ताको सेयरले मात्रै काम भइरहेको अवस्थामा सिभिल सहितको काम सुरु भएपछि मात्रै बैंकको कर्जा प्रयोग गरिने छ । ३० प्रतिशत संस्थापक र साधारण शेयर तथा ७० प्रतिशत वित्तीय संस्थाको लगानीमा आयोजना निर्माण भइरहेको प्रबन्ध निर्देशक हर्कमान मगरले बताए ।

आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणको मालिका गाउँपालिका–७ विमदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत केन्द्रीय प्रसारणमा जोडिनेछ । हिउँदको चार महिना प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षायामको आठ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्रको सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->