शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

उपचारमा खर्च नहुँदा ८ दिनदेखि पूर्वलडाकु धर्नामा

उपचारमा खर्च नहुँदा ८ दिनदेखि पूर्वलडाकु धर्नामा


  • ढोरपाटन संवाददाता
  • साउन २६ २०८१, शनिबार

म्याग्दी/सशस्त्र युद्धका क्रममा शरीरमा गोली लागेर घाइते म्याग्दीका एक पूर्वलडाकु उपचारका लागि सहयोग नपाएको भन्दै विगत ८ दिनदेखि जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना बसेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दर्मिजाका रमेश थापाले हात र खुट्टाको अप्रेशन गर्नुपर्ने आर्थिक जुटाउन नसकेपछि बाध्य भएर धर्नामा बसी ध्यानार्कषण गराएको बताए । ‘औषधि उपचारको लागि पैसा नहुँदा दैनिक पीडा हुन्छ, पेटको घाउले सास समेत रोकिन्छ,’ पीडित थापाले भने ।
उनले घाइते÷अपाङ्ग योद्धाका समस्या समाधान गर्न हरेक सरकार उदानिस रहेको बताउँदै जनयुद्धमा घाइते भइ अपाङ्गता भएकाको छोराछोरीलाई निशुल्क शिक्षासहित आत्मसम्मानको समेत आवश्यकता रहेको बताए । २०६० साल दाङ जिल्लाको भालुबाङ सशस्त्र प्रहरी तालिम बल दोहोरो भिडन्तमा घाइते भएर पेट, हात र खुट्टामा गम्भीर चोट लागेको बताउँदै पीडित थापाले ऋण खोजेर उपचार गर्नुपरेको गुनासो गरे । ‘उपचारमै ३ लाख ऋण लागेको छ,अस्पतालको प्रेसक्रिप्सनसमेत बोकेर हिडिरहेको छु,’ पीडित थापाले भने ।
हातको अप्रेशन गरी राखिएको स्टिल निकाल्ने र उपचार गर्न नसक्ने अवस्थामा दर्दनाक जीवन बिताउन बाध्य भएको पीडित थापाको भनाइ छ । अस्पतालको प्रेसक्रिप्सनसमेत बोकेर हिँडीरहेका पीडित थापाको एक श्रीमती, दुई छोरा र एक छोरी छन् । आफ्नो जस्तो समस्या भएका धेरै पीडितहरु जीवनमरणको अवस्थामा छन् । पीडित थापाको घाइते भइ अपाङ्गता भएका व्यक्तिलाई सुविधासहित परिचयपत्र र सम्मानपत्र दिन, शहीद भएकाको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने गराउने प्रतिबद्धतालाई आफ्नै पार्टीका नेताहरु पटकपटक प्रधानमन्त्री हुँदासमेत पूरा गर्न नसकेको भन्दै आक्रोश पोखेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->