पोखरा/अन्तर्राष्ट्रिय युवा दिवस २०२४ को अवसरमा राष्ट्रिय युवा परिषद्को आयोजना र रिटर्नी माइग्रेट नेपालको समन्वयमा शनिबार पोखरामा पत्रकार, खेलाडी र व्यवसायीलाई सम्मान गरिएको छ ।
प्रेस चौतारी नेपाल केन्द्र्रीय लेखा आयोगका उपाध्यक्ष रामजीप्रसाद लम्साल र सफलन्युज डटकमका कार्यकारी सम्पादक एकराज गिरी,, खेलाडी एंव पोखरा महानगर खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारसहित सम्मानित भएका हुन् ।
त्यसैगरी सम्मानित हुनेहरूमा खेलाडी एंव महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुभाष खड्का, खेलाडीहरु विशाल बस्नेत, सिद्धान्त अधिकारी, कृपा गुरुङ र रचना कुमारी चौधरी, व्यवसायीहरु ईश्वर केसी, बुद्धि सुवेदी, रमेश भण्डारी, दुर्गाप्रसाद आचार्य, शोभाखर अधिकारी रहेका छन् ।
गण्डकी प्रदेशसभा सदस्य भीम कार्की, रिटर्नी माइग्रेट नेपाल कास्कीका अध्यक्ष अमृतप्रसाद बास्तोला, पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी, केन्द्रीय सल्लाहकार चन्दबहादुर रोका, कार्यक्रम संयोजक तथा गण्डकी प्रदेश सदस्य विष्णुबहादुर केसीले दोसल्ला, अविर र सम्मानपत्रसहित सम्मान गरे ।
रोजगारीका लागि विदेशमा बसेर आएकाहरुको सीप र ज्ञानलाई स्वदेशमा उपयोग गर्ने, उनीहरूका समस्या समाधान गर्ने र सबैलाई समेटेर लैजाने उदेश्यले साझा संस्थाका रुपमा गठन गरिएको कास्की अध्यक्ष अमृत प्रसाद बास्तोलाले बताए ।





