बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आँबुखैरेनी दुर्घटनमा ४ जना अझै बेपत्ता

आँबुखैरेनी दुर्घटनमा ४ जना अझै बेपत्ता

बसमा चालकसहित ४३ यात्रु रहेका थिए


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०८१, शुक्रबार

पोखरा/ तनहुँको आँबुखैरेनी गाउँपालिका– २ ऐनापहरामा भारतीय पर्यटक बोकेको बसमा चालकसहित ४३ जना सवार रहेको खुलेको छ । उनीहरुमध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने ४ जना अझै बेपत्ता छन् ।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी दीपककुमार रायले बसमा सवार चालकसहित ४३ जनामध्ये ३९ जनालाई घटनास्थलमा उद्धार गरिएको र ४ जना मर्स्याङ्दीमा बेपत्ता रहेको जानकारी दिए । उनका अनुसार १४ जनालाई उद्धार गरी आबुखैरेनी अस्पताल पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो । पर्यटकलाई भैरहवाबाट पोखरा पुर्‍याएर काठमाडौं ल्याउँदै गर्दा बस शुक्रबार सडकबा६ मर्स्याङ्दी नदी किनारमा खसेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->