बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

हिमालय आँखा अस्पतालमा भदौ ११ र १२ गते ओपिडी टिकट निशुल्क

हिमालय आँखा अस्पतालमा भदौ ११ र १२ गते ओपिडी टिकट निशुल्क


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०८१, आइतबार

पोखरा/ हिमालय आँखा अस्पतालले भदौ ११ र १२ गते ओपीडी (बहिरंग) सेवामा आउने बिरामीका लागि निशुल्क टिकट प्रदान गर्ने भएको छ । अस्पतालको सहयोगी संस्था नेदरल्यान्डको आइ केयर फाउन्डेसनको ४० औं वार्षिकोत्सवको अवसरमा अस्पतालले टिकट निशुल्क दिने भएको हो ।

आइ केयर फाउन्डेसनको सहयोगमा नेपाल नेत्रज्योति संघले हिमालय आँखा अस्पताल सञ्चालनमा ल्याएको हो । आँखा उपचारमा अब्बल दरिएको अस्पतालले पछिल्लो समयमा शैक्षिक कार्यक्रम समेत सञ्चालन गरेको छ । सिटिइभिटीसँगको सहकार्यमा ३ वर्षे डिप्लोमा इन अप्थाल्मिक साइन्स, पोखरा विश्वविद्यालयसँगको सहकार्यमा ४ वर्षे ब्याचलर अफ अप्टोमेट्रीको पढाइ हिमालय आँखा अध्ययन प्रतिष्ठानले गर्दै आएको छ । साथै नेपालमै पहिलोपटक २ वर्षे मास्टर्स अफ अप्टोमेट्रीको पढाइ हुँदै आएको अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठ बताउँछिन् ।

अस्पतालको आफ्नै प्रयास र दातृ संस्थाहरुको सहयोगले आँखा उपचारमा हिमालय आँखा अस्पताल अब्बल रहेको दाबी नेपाल नेत्रज्योति संघ कास्की अध्यक्ष सुरेन्द्र थापामगर बताउँछन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->