बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

पुनहिल घुम्न आएका स्पेनी पर्यटक मृत भेटिए, एक अझै बेपत्ता

पुनहिल घुम्न आएका स्पेनी पर्यटक मृत भेटिए, एक अझै बेपत्ता


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०८१, मंगलबार

पोखरा/कास्कीको पुनहिल घुम्ने क्रममा बेपत्ता दुई स्पेनी पर्यटकमध्ये एकको शव भेटिएको छ । अन्नपुर्ण गाँउपालिका वडा नं. ९ तिखेढुङ्गा मौजाखोला नजिकै ९ गते करिब १ बजेको समयमा झोला, मोबाइल लगायतका सामान फेला परेको थियो । झोला हेर्दा विदेशी नागरिकको रहेको र दुई दिनपछि मात्रै मंगलबार एक पर्यटकको शव खोलाको बिच भागमा अड्किएको अवस्थामा फेला परेको हो ।
३७ वर्षिय पुरुष एरिक सोलेर कासानोभस (पासपोर्ट नं. PAN072420) को पुरुष फेला परेको हो । यस्तै, ३२ वर्षीय महिला MERCE MOLAS JUNCA (पासपोर्ट नं. PAQ122767) बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन कुमार थापाले जानकारी दिए ।

सोमबार दिनभर खोजी गरे पनि अवस्था पत्ता लाग्न नसकेकाले पर्यटकलाई भुरुङ्दी खोलाले बगाएको हुन सक्ने आशंका गरिएको थियो । ‘बाटोमा झोला राखेर छहरामा फोटो खिच्ने क्रममा खोलामा खसेर बेपत्ता भएको हुन सक्ने आशंकाले सोमबार दिनभर खोजी गरियो,’ उनले भने, ‘पर्यटकको झोला भेटिएको नजिकै बाटोमा सुन्दर छहरा छ, त्यहीँ फोटो खिच्ने क्रममा लडेर खोलामा परेका हुन सक्छन् ।’

जनप्रतिनिधि, प्रहरी तथा स्थानीयवासीसहितले सोमबार दिनभर खोज्ने क्रममा झरना नजिकै पदयात्रामा निस्कँदा टेक्ने लौरी फेला पारेका थिए । मंगलाबार सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनबाट ५ जना गोताखोरसहितको टोली, वीरेठाँटी प्रहरी चौकीबाट खटिएको प्रहरी, स्थानीयले खोजबिन गर्ने क्रममा पुरुष पर्यटकको शव फेला परेको थियो । महिला पर्यटकको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->