पोखरा/ पोखरा महनगरपालिका वडा नं १३ र २६ लाई जोड्ने साँघुको मुखदेखि सिलिङ्गेसम्मको वाटो शिलन्यास गरिएको छ । पोखरालाई जोड्ने वैकल्पीक बाटोको रुपमा वि स २०४९ सालमा निर्माण गरिएको वाटोेको स्तरोन्नति गर्नका लागि विहिवार पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले शिलन्यास गरेका हुन् ।
राष्ट्रिय गौरवको योजना अन्तरगत विनियोजित रकमको टेण्डर प्रक्रियाबाट हुन आएका ३ करोड १२ लाखको लागतमा करिव एक हजार एक सय १० मिटर लम्वाई र नाला सहितको ११ मीटर चौडाईको वाटो एक वर्षको समयावधि वा आगामी २०८२ को साउन ९ गते भित्र निर्माण कार्य सम्पन्न हुने भएको हो ।
बाटो शिलन्यास समारोहमा वोल्दै वडाअध्यक्ष थापाले समग्र वडाको विकासका लागि राजनिती भन्दा माथी उठेर हाम्रो वडालाई राम्रो वडा वनाउने अभियानमा सवैसँग हालेमालो गरेर अगाडी वढ्ने धारणा राखे । साथै यस क्षेत्रको विकासका लागी आफुले महानगर, प्रदेश हुदै केन्द्रीय तहमा समेत लविङ गरेर वजेट ल्याउन सफल भएकाले ठाउ विशेषका आधारमा क्रमश काम हुदै जाने विश्वास दिलाएका थिए ।
सोही अवसरमा निर्माण कम्पनीको तर्फबाट आई डी कन्ट्रक्सनका प्रमुख धु्रवबाबु भट्टराईले स्थानियवासी, सरोकारवाल वडा कार्यालय र स्वयम निर्माण कम्पनीका विच सहकार्य हुन सकेमा निधारीत समय भन्दा तीन महिना अगावै काम सम्पन्न गर्न सकिने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष भानुभत्त सिग्देल, स्थानिय ईश्वरीप्रसाद अधिकारी र प्राविधिक सुमन पराजुली लगाएतले ईष्टमेटमा भए अनुसारको काम गर्नका लागि सवैको साथ र सहयोगको आवस्यकता औल्याएका थिए ।





