आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

अन्तर विद्यालय बास्कोटबलको ट्रफी सार्वजनिक

अन्तर विद्यालय बास्कोटबलको ट्रफी सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०८१, बिहिबार

बागलुङ/तेस्रो संस्करणको अन्तर विद्यालय (मावि) स्तरिय बास्केटबलको ट्रफी सार्वजनिक गरिएको छ । आयोजक सिद्वार्थ शिक्षा सदन रामरेखा बागलुङले प्रतियोगिताको पूर्वसन्ध्यामा ट्रफी सार्वजनिक गरेको हो । जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्का र विद्यालयका प्रिन्सिपल भोजेन्द्र थापाले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरे ।
भोलि शुक्रबारबाट शुरु हुने प्रतियोगिताको विजेता नगद १५ हजार र उपविजेताले नगद १० हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडि, हाइस्कोरर र प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडिलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको विद्यालयका शिक्षक नगेन्द्र मल्लले जानकारी दिए । प्रतियोगितामा संस्थागत र सामुदायिक गरी पर्वत र बागलुङका १२ विद्यालयका १३ टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्ने छन् ।
प्रतियोगितामा आयोजक सिद्वार्थका दुई टोलीसहित प्रिसियस एकेडेमी, न्यू ओयसिस एकेडेमी, फ्युचर ब्राइटर आमावि, गरिमा आमावि, गुराँस विद्या सदन, ज्योति मावि सालिजा पर्वत, कालीगण्डकी आमावि, चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुल, अमर आदर्श आमावि, आदर्श विद्यामन्दिर र बनौ मावि पर्वतले सहभागिता जनाउने शिक्षक मल्लले बताए । विद्यालयको पुर्वनिर्धारित कार्यक्रम सम्पन्न गर्न ५० हजार खर्च लाग्ने जनाईएको छ ।
कार्यक्रममा बोल्दै खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले राज्यको खेलकुद नीति र वनको ऐन नियमले बाङेचौर खेल मैदानमा पूर्वाधार निर्माणको काम हुन नसकेको बताए । नेताले खेलाडिहरुको भावना नबुझेसम्म नेपालको खेल क्षेत्रले अन्तराष्ट्रिय जगतमा प्रतिष्पर्धा गर्न नसक्ने बताउँदै खड्काले भने, ‘खेलकुद क्षेत्र नबुझेका नेताका कारण धेरै खेलाडिले दुख पाएका छन् ।’ खेलकुदलाई बजेटमै विभेद गरिने उनको भनाई थियो ।
दुई दिनसम्म चल्ने प्रतियोगिताको पहिलो दिनको उद्घाटन खेल आयोजक सिद्वार्थ निलो र चिल्ड्रन लाइनफबीच हुने छ । प्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले गर्ने तय भएको आयोजकले जनाएको छ । किशोरकिशोरीहरुलाई खेल क्षेत्रमा प्रोत्साहन गर्दै राज्यलाई स्वस्थ खेलाडि प्रदान गर्ने उदेश्यले विद्यालयले हरेक वर्ष खेलकुद गतिविधिलाई प्राथमिकता दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->