बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

देउरालीका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

देउरालीका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग


  • ढोरपाटन संवाददाता
  • भाद्र १५ २०८१, शनिबार

बागलुङ/अधिकांश मजदुर र विपन्न परिवारका बालबालिका अध्यनरत देउराली आधारभुत विद्यालयका विद्यार्थीलाई विभिन्न कोषबाट सहयोग गरिएको छ । विद्यालयमा अध्ययनरत १६ जना बालबालिकालाई शैक्षिक सामग्री, पोशाक र नगद सहयोग गरिएको हो ।
विद्यालयमा २०६४ सालमा स्थापना भएको नन्दप्रसाद–नन्दकली आचार्य स्मृति अक्षयकोषले शैक्षिक सामग्री तथा विद्यालय पोशाक सहयोग गरेको छ । एक वर्षका लागि सबै विद्यार्थीलाई पुग्नेगरी कोषले पोशाकसहित शैक्षिक सामग्री सहयोग गरेको कोषका संरक्षक यज्ञबल्लव शर्माले बताए । २ लाख २८ हजार रुपैयाँको अक्षयकोषबाट बार्षिक रुपमा प्राप्त हुने व्याजबाट कोषले बिपन्न तथा जेहेन्दार विद्यार्थीका लागि सहयोग गर्ने गरेको छ ।


त्यस्तै विद्यालयमा स्थापना भएको झरना केसी गुडिया स्मृति बाल कोषबाट नगद सहयोग गरिएको छ । कोषमा रहेको १९ हजार रुपैयाँको वार्षिक व्याज रकमबाट प्रत्येक विद्यार्थीका लागि १ सय ५० रुपैयाँका दरले नगद सहयोग गरिएको विद्यालयले जनाएको छ ।
शैक्षिक सामग्री तथा पोषाक वितरण कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले विद्यालय बालमैत्री हुनुपर्नेमा जोड दिए । सबै सामुदायीक विद्यालय बालमैत्री बन्दा बालबालिकाको सिकाईमा प्रभाव पर्ने बताए । शैक्षिक अवस्था सुधार्न पूर्वाधारको विकाससँगै समुदायको सक्रिय सहभागिता आवश्यकता रहेको उनको भनाई थियो ।
बागलुङ नगरपालिका ४ का अध्यक्ष कुमार बिक्रम क्षेत्रीले समुदायले स्थापना गरेको विद्यालय जोगाउने जिम्मा समुदायकै भएको बताए । कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु कुमारी शर्मा, समाजसेवी लालचन राजभण्डारीले बोलेका थिए । कोषका संरक्षक शिवराम शर्मा आचार्यको अध्यक्षता, कोषका संरक्षण यज्ञवल्लव शर्माको स्वागत र शिक्षक उमाकान्त शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->