बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बिएसस्सी नर्सिङको प्रवेश परीक्षा : प्रतिभाकी आयुषा नेपालमै उत्कृष्ट

बिएसस्सी नर्सिङको प्रवेश परीक्षा : प्रतिभाकी आयुषा नेपालमै उत्कृष्ट


  • ढोरपाटन संवाददाता
  • भाद्र २० २०८१, बिहिबार

पोखरा/चिकित्सा शिक्षा आयोगले लिएको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षामा बिएसस्सी नर्सिङतर्फ पोखराको पालिखेचोकस्थित प्रतिभा माविकी आयुषा ढकाल नेपालमै उत्कृष्ट ठहरिएकी छन् । प्रवेश परीक्षामा करिब १४ हजार प्रतिस्पर्धीलाई उछिन्दै ढकालले पहिलो नम्बरमा उभ्याएकी हुन् । ढकालले सर्वाधिक १६४ अंक ल्याएकी छन् ।
हालै प्रकाशित प्रवेश परीक्षाको नतिजामा सर्वाधिक अंक ल्याएर नेपालमै उत्कृष्ट भएको भन्दै प्रतिभा माविले बुधबार ढकाललाई विद्यालयमै सम्मान पनि गरेको छ । प्रतिभा माविका प्राचार्य किरण सापकोटाका अनुसार ढकाल पहिलेदेखि नै पढाइमा अब्बल थिइन् । यो वर्ष उनले नेपाल टप गर्न सफल भएको सापकोटाले बताए ।
आमा मिनादेवी ढकालले सानैदेखि मेहनती भएकै कारणले आयुषाले यो उपलब्धि हासिल गरेको बताइन् । पुख्र्याैली घर स्याङजा भएको ढकाल परिवार हाल पोखराको बिरौटामा बस्दै आएको छ । तीन सन्तानमध्येकी जेठी छोरी आयुषाको रिजल्टले अरुलाई पनि अध्ययनमा बल पुगेको उनले बताइन् ।
उत्कृष्ट ठहरिएकी आयुषाले सरकारी छात्रवृत्तिमा स्वदेशमै चिकित्सा शिक्षा अध्ययन गर्न पाउने अवसर जुटेको बताइन् ।सरकारले यो वर्ष १७ सय २० जनाका लागि बिएसस्सी नर्सिङतर्फ कोटा छुट्याएको छ । तीमध्ये ५ सय ३५ जना छात्रवृत्तिको कोटा अध्ययन गर्न पाउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->