पोखरा/ कास्कीमा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ। शिक्षा बिकास तथा समन्वय इकाई कास्कीको आयोजनामा सामुदायिक सिकाइ केन्द्रहरू बिच चेतनामुलक तीज गित प्रतियोगिताको आयोजना गरि सो दिवस मनाइएको हो ।
प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाको नागडाडा सामुदायिक सिकाइ केन्द्र प्रथम, पोखरा– २५ को बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्र द्वितीय, पोखरा– २९ को दिपशिखा सामुदायिक सिकाइ केन्द्र तृतीय र माछापुच्छ्रे गाउँपालिकाको मर्दिखोला सामुदायिक सिकाइ केन्द्रले सान्त्वना हासिल गरे। कास्कीका कुल सात वटा सामुदायिक सिकाइ केन्द्रका समुह सहभागी प्रतियोगितामा बिजयी समुहले क्रमश १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगिताको जिल्ला शिक्षा समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्दै सांस्कृतिक पर्व तीज सुसंस्कृत र समय सान्दर्भिक हुनुपर्ने भन्दै प्रतियोगिताले कास्कीका सामुदायिक सिकाइ केन्द्रहरू बिच आपसी भाइचारा वृद्धिमा महत्त्वपूर्ण भुमिका खेलेको बता ए । साक्षरता सहित सामुदायिक सिकाइ र बिकासमा केन्द्रहरूको महत्त्वपूर्ण भुमिका रहेको हुँदा सिकाइ केन्द्रहरू थप ब्यबस्थित बनाउन आफू प्रयत्नशील रहने र त्यसको लागि समन्वयात्मक तवरले लागि पर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारी, रूपा गाउपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङ, अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी, पोखरा महानगर पालिका कार्यपालिका सदस्य निर्मला पौडेल, राष्ट्रिय परिक्षा बोर्ड गण्डकी प्रदेशका प्रमुख लक्ष्मण देबकोटा, कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल , कलाकार होम नेपाली सहितले मन्तव्य व्यक्त गरेका थिए । शिक्षा बिकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत शिक्षा बिकास तथा समन्वय इकाई कास्कीका शाखा अधिकृत टंक बराल र शाखा अधिकृत भरतराज बरालले संचालन गरेका थिए । प्रतियोगितामा लोकदोहोरी गायक तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य तारापती सुवेदी, लोकदोहोरी गायिकाद्वय माया गिरि र लक्ष्मी नेपाली निर्णायक रहेक थिए ।





