शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

हिमाल आरोहणमा दुर्लभ किर्तिमान रच्दै पूर्जा

हिमाल आरोहणमा दुर्लभ किर्तिमान रच्दै पूर्जा

पूर्जाले ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमध्ये १३ वटामा बिना अक्सिजनको सहायताविनै आरोहण गरेका छन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०८१, बिहिबार

म्याग्दी/पर्वतारोहणको क्षेत्रमा एकपछि अर्को दुर्लभ किर्तिमानी कायम गदैं आएका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमध्ये १३ वटामा बिना अक्सिजनको सहायताविनै आरोहण गरेका छन् ।
विश्वकै दोस्रो अग्लो हिमाल केटु हिमालबाट सुरू भएको अभियानअन्तर्गत म्याग्दीमा रहेको सातौं अग्लो धौलागिरी र १० औं अग्लो हिमालको समेत आरोण गरेका छन् ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएका पूर्जाले आरोहणका लागि सबैभन्दा चुनौतीपूर्ण र खतरनाक हिमालमध्ये एक पाकिस्तानको केटुबाट सुरू भएर कञ्चनजंगाहुँदै विश्वकै अग्लो सगरमाथा, ल्होत्से, मकालु, च्होयो, मनास्लु, नांगा पहाड, गशेरबु्रम, ब्रोड पिक, गशेरब्रुम दोस्रो रहेको छ ।
अब तिब्वतमा रहेको शिशापङ् मात्रै बाँकी छ । ‘यो पनि छिट्टैै आरोहण गर्नेछु, नेपाललाई पर्वतारोहणको क्षेत्रबाट चिनाउने नै मेरो पहिलो लक्ष्य रहेको छ’ आरोही पूर्जाले भने । उनले हालसम्म ८ हजार मिटरबाहेक अन्य हिमाल गरी १८ वटा रहेको छ ।
आरोही पूर्जाको कम्पनी इलाईट हिमालयन एडभेन्चर्स प्राइभेट लि.का सह–संस्थापक मिङ्मा डेविड शेर्पाले हिमाल आरोणका क्षेत्रमा पुस्तौं–पुस्तासम्म सम्झिन लायक रेकर्ड बनिरहेको बताए । पहिलोपटक विश्वभर किर्तिमानी कायम गर्ने अभियानमा पनि पूर्जाले अन्तिममा विश्वकै चौथो अग्लो शिशापङ् (८०२७ मि.) हिमाल आरोहण गरेका थिए । १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ । अरू पाकिस्तान र चीनमा छन् ।
पूर्जाले जाडो सिजनमा विश्वकै दोस्रो अग्लो ‘के–टु’ हिमालको आरोहण गरी विश्वभरका आरोहीलाई चकित पारेका थिए । हालसम्म विश्वका आठ हजार मिटर अग्ला हिमालहरु ४७ पटकभन्दा बढी आरोहण गरेका छन् । उनको धेरैपटक आरोहण गर्ने, जाडोयाममा समेत आरोहण गर्ने जस्ता किर्तिमानीहरु थपिदै गएको छ । सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेका थिए ।
कर्पोरल निर्मल बेसिक टे«निङमा च्याम्पियन रिक्रु्रटको उपाधी लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए । क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन टे«डमा कार्यरत थिए । क्विन्स गोर्खा कार्यरत रहँदा ब्रिटिश आर्मीको कमाण्डो समेत गरेका थिए । बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा समेत काम गरेका पूर्जाले गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए । सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए । म्याग्दीमा रहेको धौलागिरि र अन्नपूर्ण हिमालको प्रर्वधनमा समेत पूर्जा सक्रिय छन् । उनको कम्पनीबाट यी दुई हिमालमा विभिन्न देशका आरोहीले आरोहण गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->