पोखरा/ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा-१ वगरको शनिबार सम्पन्न २१ औ वार्षिक साधारण सभा तथा ११ औ अधिवेशनले पुनःरामप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यासमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा दुर्गा दत्त भुगाई, सचिवमा कृष्णबहादुर तामा·, कोषाध्यक्षमा कमलप्रसाद बास्तोला, सहसचिवमा वावुराम भण्डारी चयन भए । त्यसैगरी सदस्यहरुमा हरिदेवी पराजुली, रामबहादुर लामिछाने, ऋषिराम भट्टराई, कृष्णप्रसाद दाहाल, वलराम अधिकारी, रजनी शर्मा चपाई, लक्ष्मी शर्मा र प्रकाशचन्द्र सापकोटा चयन भएका छन । निर्वाचन समितिका संयोजक हरिप्रसाद अधिकारी तथा सदस्य वैकुण्ठ अधिकारी र सुनिता देवकोटाले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाएका थिए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट कार्यसमिति सदस्यतर्फ कृष्णप्रसाद दाहाल र ज्येष्ठ नागरिकतर्फ आजीवन सदस्य सुरेन्द्रमान विजुक्छेकी आमा तारादेवि विजुक्छेलाई सम्मान गरिएको थियो । त्यस्तै सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका इन्चार्ज प्रहरी हवल्दार गौतमकुमार हायू र सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रहरी सहायक हवल्दार भिमप्रसाद काफ्लेलाई नगद सहित प्रशंशा पत्र प्रदान गरिएको थियो ।
दश जोड दुई तर्फ संस्थामा आवद्ध सदस्यका छोराछोरी मध्ये आजीवन सदस्य कल्पना आचार्य वास्तोला र ईश्वरीप्रसाद वास्तोलाका छोरा कृतन वास्तोला र आजीवन सदस्य रामप्रसाद अधिकारीकी नातिनी आकृति अधिकारीलाई नगद सहित प्रशंशा पत्र प्रदान गरिएको थियो ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक मोहनकुमार थापाले वगर सामुदायिकका हरेक गतिविधि उत्कृष्ट रहेको बताए । ‘जिल्ला प्रहरी कार्यालय कास्कीमा रहदा यस संस्थाले गरेका हरेक गतिविधि नजिकबाट नियाल्ने अवसर मिल्यो, जसले समुदाय र प्रहरीलाई जोड्ने काम गरेको छ’ उनले भने, ‘यस संस्थाको सक्रियता अरु संस्थाले पनि सिक्न जरुरी छ ।’
माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले संस्थाले गर्ने हरेक गतिविधिमा पालिकाले सघाउने बताइन । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १ का वडा अध्यक्ष साहारा प्रधान, सामुदायिक प्रहरी सेवा जिल्ला समन्वयका प्रथम उपाध्यक्ष तथा वगरका पूर्व अध्यक्ष मनपति भण्डारी, सामुदायिक सेवा केन्द्र वगरकी संस्थापक अध्यक्ष सीता गुरुङ, निवर्तमान अध्यक्ष रामभूषण पराजुली, आजीवन सदस्य चिजकाजी गुरुङ, सामुदायिक सेवा केन्द्र पृथ्वीचोककी उपाध्यक्ष मुना कुमारी बास्तोला, नमुना आमा समूहकी अध्यक्ष विष्णुकुमारी बास्तोला, सामुदायिक सेवा केन्द्र वगरका सचिव शिवराज अधिकारीले बोलेका थिए ।





