बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरा विश्वविद्यालयमा इरास्मस रोडशो कार्यक्रम सम्पन्न

पोखरा विश्वविद्यालयमा इरास्मस रोडशो कार्यक्रम सम्पन्न


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०८१, शनिबार

पोखरा/ पोखरा विश्वविद्यालय र विश्वविद्यालय अनुदान आयोग, नेपालको सहयोगमा यूरोपियन यूनियनद्वारा आयोजित इरास्मस रोडसो कार्यक्रम शुक्रबार पोखरा–३०, खुदीस्थित पोखरा विश्वविद्यालय केन्द्रीय कार्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई इरास्मस मनडस संयुक्त मास्टर डिग्री छात्रवृत्ति कार्यक्रममार्फत यूरोपियन यूनियनले प्रदान गर्ने शैक्षिक अवसरहरूबारे जानकारी दिनु थियो। यस कार्यक्रमका प्रमुख सहजकर्ता इरास्मस अलुम्नी थिए । जसले विद्यार्थीहरूलाई छात्रवृत्तिको लागि आवश्यक जानकारी र सहयोग प्रदान गरे।

कार्यक्रममा सहभागीहरूले इरास्मस विकल्पबारे स्पष्ट बुझाइ प्राप्त गरे र यसले विद्यार्थीहरूलाई प्रभावकारी छलफल र संचार गर्न मद्दत गर्यो। इरास्मस मनडस संयुक्त मास्टर डिग्री छात्रवृत्ति कार्यक्रमले विश्वभरका विद्यार्थीहरूलाई दुई वा बढी यूरोपेली विश्वविद्यालयहरूमा अध्ययन गर्ने अवसर दिन्छ, जसले उनीहरूलाई उच्च गुणस्तरीय शिक्षा र संस्कृतिको अनुभव दिलाउँछ।

यस वर्ष ३३ जना नेपाली विद्यार्थीहरूले इरास्मस प्लस मास्टर कार्यक्रम अन्तर्गत पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन्। इरास्मस प्लस कार्यक्रमले विद्यार्थीहरूको व्यक्तिगत विकास, शैक्षिक उत्कृष्टता र अन्तर्राष्ट्रिय नेटवर्क निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->