आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

संघीय सरकारको न्युनतम साझा कार्यक्रम, अर्थतन्त्रसँगै युवा साझेदारीमा जोड

संघीय सरकारको न्युनतम साझा कार्यक्रम, अर्थतन्त्रसँगै युवा साझेदारीमा जोड


  • ढोरपाटन संवाददाता
  • असोज २ २०८१, बुधबार

पोखरा/ संघीय सरकारमा सत्तारुढ दलको कार्यदलले सरकारको न्युनतम साझा कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । कार्यदलले बुधबार प्रधानमन्त्रीलाई न्युनतम साझा कार्यक्रम बुझाएको हो । उक्त कार्यक्रमलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेर सार्वजनिक हुने नेताहरुले बताएका छन् । न्युनतम साझा कार्यक्रम बनाउन गठित कार्यललमा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत थिए ।

न्युनतम साझा कार्यक्रममा अर्थतन्त्र चलायमान बनाउने र युवा साझेदारीको कार्यक्रम अघि बढाउने विषयलाई जोड दिइएको छ । सरकारको नीति तथा कार्यक्रम र बजेट आइसकेको अवस्थालाई ख्याल गरिएको भन्दै उनले मुलतः कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिमा व्यक्त भएका प्रतिवद्धतालाई आधार बनाएको जनाए । संविधान जोगाउने, सुदृढ बनाउने दुई दलको जिम्मेवारी रहेको भन्दै उनले ‘संघीयता कार्यान्वयनका सन्दर्भमा रहेका अफ्ठ्यारा कार्यान्वयनमा लैजाने, बनाउनुपर्ने कानून तत्काल बनाउने र संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशी प्रणाली अझै मजबुत बनाउन वस्तुनिष्ठ समीक्षा गरेर परिमार्जन गर्ने उल्लेख गरे ।

अर्थतन्त्र थप गतिशील बनाउने विषय पनि न्यूनतम साझा कार्यक्रम छ । पूर्वाधार निर्माणका अलपत्र आयोजनाहरुलाई पूर्णर्ता दिने, संक्रमणकालीन न्यायका बाँकी कुरा टुंग्याउने, युवा साझेदारीको कार्यक्रम अगाडि बढाउने विषय पनि न्यूनतम साझा कार्यक्रमको मस्यौदा समेटिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->