बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पूजाको प्रसाद खाँदा २२ जना बिरामी

पूजाको प्रसाद खाँदा २२ जना बिरामी


  • ढोरपाटन संवाददाता
  • असोज २ २०८१, बुधबार
default

म्याग्दी/  म्याग्दीको मंगला गाउँपालिका–२,स्थित एक घरमा लगाइएको पूजाको प्रसाद खाँदा २२ जना बिरामी भएका छन् । प्रेम सापकोटाको घरमा श्राद्धको प्रसाद खाएर बिरामी भएकामध्ये बेनी अस्पतालमा १५ जनाको उपचार गरिएको छ भने अन्य बिरामीको अर्मन स्वास्थ्य चौकी र घरमै उपचार भएको छ ।

साउन ३१ गते प्रसादका रुपमा खिर खानेहरु बिरामी परेका हुन् । बिरामीमध्ये ५ जना बालबालिका छन् भने केही बृद्धबृद्धा समेत रहेको बेनी अस्पतालले जनाएको छ । बिरामीमध्ये एकजना बृद्धालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । सामान्य अवस्थामा बिरामीले घरमै औषधि सेवन गरेर बसेको बावियाचौरका स्थानीयबासीको भनाई छ । बिरामी सबै खतरामुक्त छन् । प्रसाद खाएपछि एक्कासी समस्या देखिएको बिरामी भूमी घर्तीले बताए ।

प्रसाद खानेलाई सुरुमा वाकवाक लाग्ने, बान्ता हुने तथा लगातार झाडापखाला हुने जस्ता समस्या देखिएको थियो । केही बिरामीमा ज्वरो देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । पूजाआजा, भोजभतेरमा फुड पोइजनको समस्या हुने भएकाले सर्तकता अपनाउनुपर्ने बेनी अस्पतालका डा. गोविन्द पोख्रेलले बताए । गर्मी बढेसँगै फुड पोइजनका समस्या लिएर सामुहिक बाहेक पनि बिरामी अस्पतालमा आउने गरेका छन् । वाकवाकी लाग्ने, झाडापखालाले सताउने र पेट दुख्ने समस्या फुड पोइजनका कारण पनि हुनसक्छ । गर्मी याममा बासीसडेगलेका खाना नखाने, उमालेको पानी पिउने, काँचै खाने खानेकुरा राम्रोसँग पखालेर मात्र खाने, हातको सफाइमा ध्यान दिनुपर्ने डा. पोख्रेललको सुझाव छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->