बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पश्चिमाञ्चलका विद्यार्थीलाई प्रशिक्षण

पश्चिमाञ्चलका विद्यार्थीलाई प्रशिक्षण


  • ढोरपाटन संवाददाता
  • असोज ४ २०८१, शुक्रबार

पोखरा/  विद्यार्थीमा नेतृत्व सीप विकास गराउने उद्देश्यले पोखराको गैहपाटनस्थित पश्चिमाञ्चल माविका विद्यार्थीलाई एकदिने नेतृत्व विकास सीपको तालिम दिइएको छ । विद्यालयमा कक्षा ११ र १२ मा विभिन्न संकायमा अध्ययन गर्ने विद्यार्थीलाई यो तालिम दिइएको हो । एभरेष्ट एफएमका सम्पादक दीपेन्द्र श्रेष्ठले विद्यार्थीलाई तालिम प्रदान गरेका थिए । नेतृत्व विकास तथा सीपबारे श्रेष्ठले विद्यार्थीलाई सिकाएका थिए ।

विद्यालयले हरेक संकायबाट प्रतिनिधित्व गर्ने विद्यार्थीको समूहलाई यो प्रशिक्षणमा राखेको विद्यालयका प्लस टु संयोजक देव क्षेत्रीले जानकारी दिए । विद्यालयका प्राचार्य सरोज कोइरालाले विद्यार्थीलाई अग्रसर बनाउनका लागि प्रशिक्षण दिएको बताए । ‘पछिल्लो पुस्ताका विद्यार्थी कतिपय काममा अग्रसर हुन हिचकिचाउँछन । उनीहरुमा सक्षम नेतृत्वको सिप विकास गराउन प्रशिक्षण दिएका हौ,’ कोइरालाले । पश्चिमाञ्चल माविमा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्यापन हुन्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->