आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

प्रधानमन्त्री ओली र मोदीबीच भोलि अमेरिकामा भेटवार्ता हुने

प्रधानमन्त्री ओली र मोदीबीच भोलि अमेरिकामा भेटवार्ता हुने


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०८१, शनिबार
फाईल तस्वीर ।

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच अमेरिकामा भेटवार्ता हुने भएको छ। न्युयोर्कको स्थानीय समयअनुसार आइतबार (२२ सेप्टेम्बर) साँझ साढे ५ बजे उनीहरूबीच भेटवार्ता हुने भएको हो।

नेपालले अघिल्लो हप्ता नै ओली-मोदी भेटवार्ताका लागि सो समय प्रस्ताव गरेको थियो। तर मोदी न्युयोर्क जाने/नजाने नै तय नभएको अवस्थामा भारतीय पक्षले नेपालको प्रस्तावबारे कुनै जवाफ दिएको थिएन।

‘भेटवार्ताको समय भने भारतीय पक्षसँगको सल्लाहमै प्रस्ताव गरिएको थियो’, परराष्ट्र मन्त्रालयले स्रोतले भन्यो, ‘मोदी न्युयोर्क जाने पक्का भएपछि भारतीय पक्षले शुक्रबार (४ असोज) साँझ भेटवार्ताको कन्फर्मेसन दिएको छ।’ मोदी आज बिहान न्युयोर्क प्रस्थान गरिसकेका छन्।

मोदी अमेरिकाको विल्मिङटनमा हुने अमेरिका, अस्ट्रेलिया, जापान र भारत सम्मिलित क्वाड राष्ट्रका नेताहरुको समिटमा भाग लिन त्यसतर्फ गएका हुन्। संयुक्त राष्ट्रसंघको ७९ महासभामा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गर्ने भएकाले पनि यसअघि मोदीको न्युयोर्क भ्रमणबारे संशय थियो।

तर क्वाड राष्ट्रका नेताहरूको बैठकमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी आज बिहान अमेरिका प्रस्थान गरिसकेका छन्।

बैठक सकेर मोदी आइतबार साँझ न्युयोर्क पुग्ने कार्यतालिका छ। न्युयोर्क पुगेसँगै स्थानीय समयअनुसार साँझ साढे ५ बजे नेपाल र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता हुनेछ।

यसअघि मोदीको न्युयोर्क जाने/नजाने विषयमा संशयका साथै नेपालमा नयाँ सरकार बनेको दुई महिनासम्म पनि प्रधानमन्त्री ओलीलाई भारतले भ्रमणको निम्तो नदिँदा ओली-मोदी भेटवार्ता निश्चित हुन सकेको थिएन।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->