आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

अलजजिराको कार्यालयमा इजरायली सेनाको छापा

अलजजिराको कार्यालयमा इजरायली सेनाको छापा


  • एजेन्सी
  • असोज ६ २०८१, आइतबार

काठमाडौं / इजरायली सेनाले वेष्ट ब्यांकको रामल्लास्थित अलजजिराको कार्यालयमा छापा हानी प्रकाशन तथा प्रसारण बन्द गर्न आदेश दिएको छ।

मास्क लगाएका हतियारधारी इजरायली सेना बलपूर्वक कार्यालयमा छिरी ४५ दिन सञ्चालन बन्द गर्न लिखित निर्देशन दिएको अलजजिरा नेटवर्कको वेष्ट ब्यांक ब्युरो प्रमुख वालिद अल–ओमारीले बताए।

इजरायली सेनाले अलजजिरालाई ‘आतंकवादलाई बढावा र सहयोग गरेको’ आरोप लगाएको अल–ओमारीले जानकारी दिए।

अलजजिराकी जिवारा बुदेरीका अनुसार इजरायली सेनाले अलजजिरा ब्युरो र अल–मनारा स्क्वायरमा अश्रुग्यास प्रहार गरेका थिए। उनीहरूले क्यामेरा जफत गरेको जानकारी दिँदै बुदेरीले कार्यालयमा स्टोर गरिएको अभिलेख मेटाउन सक्ने चिन्ता व्यक्त गरेकी छिन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->