
पोखरा/ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सम्मान पत्र, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भिम पराजुली र प्रेस सल्लाहकार श्याम कुँवरले अविर लगाई सम्मान गरेका थिए । कार्यक्रममा हालै सम्पन्न अधिवेशनबाट सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगर, लेखनाथ र हेमजामा निर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाई ज्ञापन गरिएको थियो ।
सामुदायिक सेवा केन्द्र वगरबाट रामप्रसाद अधिकारी, लेखनाथबाट गंगाकुमारी खनाल हेमजाबाट देविप्रसाद अधिकारी नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो । यसैगरी कार्यक्रममा शसस्त्र प्रहरी वल कालिका गणका शसस्त्र प्रहरी नायव उपरीक्षक राजनमान श्रेष्ठ, वडा प्रहरी कार्यालय वगरका प्रहरी निरीक्षक देवराज भट्टराई र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेलाई स्वागत गरिएको थियो ।
कार्यक्रममा सहायक प्रजिअ ढकालले समुदायमा सचेतना फैलाउन सामुदायिक केन्द्रले महत्वपूर्ण भूमिका खेलेको बताए । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा लेखनाथकी अध्यक्ष गंगाकुमारी खनालले सामुदायिकको मर्म अनुसारनै काम गर्दै आएको बताइन । सामुदायिक प्रहरी सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वयव कास्कीका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र वजगाईले स्वागत र महासचिव घनश्याम तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।





