आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

प्रधानमन्त्री ओली र मोदीबीच तीन विषयमा कुराकानी

प्रधानमन्त्री ओली र मोदीबीच तीन विषयमा कुराकानी


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०८१, सोमबार

काठमाडौं / संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन पुगेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओेली र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता भएको हो।

भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री केपी ओलीसँग न्यूयोर्कमा निकै राम्रो भेट भएको जनाएका छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले भारत–नेपाल मित्रता धेरै बलियो रहेको उल्लेख गरेका छन् ।

उनले यो सम्बन्धलाई अझै गति दिन चाहेको उल्लेख गर्दै आफूहरूबीचको वार्ता ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित भएको जनाएका छन् । उनले भनेका छन्- ‘प्रधानमन्त्री केपी ओलीसँग न्यूयोर्कमा निकै राम्रो भेट भयो । भारत–नेपाल मित्रता धेरै बलियो छ । हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौँ। हाम्रो वार्ता ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित थियो।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->