आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

रसिया पुगेका थापा १० महिनादेखि सम्पर्कविहिन

रसिया पुगेका थापा १० महिनादेखि सम्पर्कविहिन

परिवारको विचल्ली


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०८१, मंगलबार

पोखरा/ परिवारको सुखको लागि ज्यानलाई जोखिममा राखेर विदेशिएका ज्ञानबहादुर थापामगर सम्पर्कबिहीन भएपछि उनको परिवार विचल्लीमा परेको छ । दलालमार्पmत रुस पुगेका थापा १० महिनादेखि सम्पर्कविहीन छन । उनी सम्पर्कबिहीन हुँदा ५ जनाको परिवार विचल्लीमा परेको हो ।

बर्दिया जिल्लाको वाँसगडी नगरपालिका वडा नं. ७ का स्थायी घर भएका ४२ वर्षीय थापाको पाँचजनाको परिवार यतिखेर पोखरा १६ बाटुलेचौरमा कोठा भाडामा लिएर जीविकोपार्जन गर्दै आएको छ । थापामगर एक वर्षअघि रुस गएका थिए । गत मंसीरको १३ गते अन्तिमपटक फोन सम्पर्क भएको र त्यसयता कुनै पनि सम्पर्क नभएको थापाकी श्रीमती इन्दिराले बताइन । थापामगर ८ लाख रुपैयाँ खर्चिएर रुस गएका थिए ।

श्रीमान सम्पर्कविहीन भएपछि विक्षिप्त भएकी इन्दीराले भक्कानिदै भनिन, ‘श्रीमानसंग सम्पर्क नहुँदाको समय कसरी बित्यो खासै थाहै छैन । कहाँ कतिबेला के हुने हो भन्ने चिन्ताले सताएको छ । जतिसक्दो छिटो उहाँ सम्पर्कमा आउने विश्वास छ ।’  रुस पुगेपछि थापामगरले पहिलो क्याम्पमा राम्रो सुविधा रहेको बताएका थिए । दोश्रो क्याम्पमा सारेपछि भने खान समेत समस्या भएपछि दिदी राजकुमारी थापाले १३ हजार पठाई दिएको इन्दीराले बताइन । ‘युक्रेनको युद्धरत क्षेत्रमा पुगेपछि कुनै पनि सम्पर्क छैन त्यसअघि पनि कुनै पनि रकम पठाउनु भएन’ उनले भनिन ।

निशुल्क टिकट र भिषामा दुवई जाने तयारी भइरहेका बेला दलालको प्रलोभनमा परेर थापामगरले रुस जाने सोंच बनाएका थिए । ‘हामी सवै परिवारले युद्धरत क्षेत्रमा नजानुहोस भन्यौ उहाँले परिवारको सुखका लागि मैले जोखिम उठाएको भन्नुभयो र जानु भएको हो’ इन्दीराले भनिन्, ‘मुटुको रोगी कान्छो छोरा कक्षा दुईमा पढ्छ, अस्पतालले शल्यकृया गर्नु पर्ने भनेको थियो अहिले नियमित औषधी खुवाउन सकेत मुस्किल परेको छ ।’ सानो छोरा सौरभ, ठूलो छोरा निरज, बुहारी गंगा र छोरी अमृता सहित पाँच जनाको परिवार रहेको छ । छोराबुहारीले मजदुरी गरेर ल्याएको रकमले पाँच हजार घरभाडा तिर्ने गरेको छ । वर्दियाबाट ल्याएको चामलले अहिलेसम्म जेनतेन जीवन निर्वाह भएको छ ।

मुलुकमा रोजगारी अभाव तथा न्यून पारिश्रमिक भएको कारण विदेशीने सयौ नेपालीहहरु एकाएक रुस युक्रेन युद्धमा होमिइन पुगेका परिवारले वेपत्ताको सार्वजनिक, सम्पर्कमा रहेकाको उद्धार गर्न सरकारको ध्यानाकर्षण गर्न काठमाडौमा आयोजित कार्यक्रममा समेत सहभागिता जनाएको इन्दीराले बताइन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->