मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

‘पर्यटनका लागि मौलिक कला जोगाऔं’

‘पर्यटनका लागि मौलिक कला जोगाऔं’


  • ढोरपाटन संवाददाता
  • असोज १० २०८१, बिहिबार

बागलुङ/दश पुस्ता बसेको घर कच्ची भयो, एक सय बर्ष नटिल्ने सिमेन्टको घर पक्की भयो ? सानो घरमा पनि पाहुना आए बस्ने पिंढी थियो, ५ तले आरसिसि घरमा एक जना आएर ओत लाग्न सक्दैन ।
चीनमा बनेका टायल ल्याएर बिच्छाएर हामी गर्व गर्छौ । चीनका जनताले भने ढुंगा बिच्छाएका छन् । आफ्नै उत्पादनमा बिदेशीहरु गर्व गर्छन्, हामी अर्काको उत्पादनमा रमाएका छौं । ‘हामीले मौलीक कला बिर्सेर अर्काको संस्कृति अंगाल्दै छौं’ शालीग्राम संग्राहलय बागलुङका संरक्षक ऋषि प्रपन्नाचार्य भन्छन्, ‘पर्यटक भित्राउने हो भने हामीले हाम्रै मौलीक संस्कारलाई जोगाऔं ।’ विश्व पर्यटन दिवशको अबसरमा आयोजित शान्तिकालागि पदयात्रा कार्यक्रमको समापद गर्दै ऋषि प्रपन्नाचार्यले पर्यटक भित्राउन आफ्नै मौलीक संस्कृति जोगाउनु पर्ने सुझाव दिएका छन् ।
त्यतिमात्र हैन, पछिल्लो समय खानपान, बसाइ देखि सबै पश्चिमा संस्कृतिको नक्कल भएकोमा उनले चिन्ता पनि व्यक्त गरेका छन् । मौलीक संस्कृति बिर्सन थालेपछि पर्यटन क्षेत्र पनि खस्केको उनको टिप्पणी छ । भन्छन्, ‘पर्यटकलाई त हामीले आप्mनै मौलीक कला बेच्ने होला न ?’ गीत संगीत, भजन देखि शालीग्राम, नदी सभ्यता, वातावरण समेतमा परेको असरले पर्यटन प्रवद्र्धन घट्दो क्रममा परेको उनको भनाइ थियो ।
बागलुङ नगर पर्यटन बिकास समितिले बिहिवार बागलुङ कालीका मन्दिर देखि कुडुले स्थित शालीग्राम संग्राहलय सम्म शान्तिकालागि पदयात्रा कार्यक्रम गरेको थियो । उक्त अबसरमा सहभागिले पनि मौलीक बिकास मार्फत पर्यटन प्रवद्र्धन गर्न सुझाव दिएका थिए । समितिको अगुवाईमा यो पटक ४ दिन सम्म विश्व पर्यटन दिवश मनाउन लागिएको हो । बुधवार होटल व्यवसायी संघको अगुवाईमा बजारका स्मारकहरुको सरसफाइ गरिएको थियो । त्यस्तै बिहिवार शान्ति पदयात्रा आयोजना भएको हो ।
बागलुङका पर्यटकीय स्थलको प्रचार प्रसार गर्ने लक्ष्यले उक्र पदयात्रा गरिएको नगर पर्यटन समितिका अध्यक्ष तथा उपप्रमुख राजु खड्काले बताए । उक्त अबसरमा जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले कालीका मन्दिर गेटमा परेवा उडाएर पदयात्रा शुरु गरेका थिए । कार्यक्रममा नगर प्रमुख बसन्तकुमार श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, सुरक्षा निकायका प्रमुखहरु, व्यवसायी र संचारकर्मी सहभागि थिए ।
यहा“को शालीग्राम संग्राहलय पछिल्लो समय भारतीय पर्यटकको गन्तव्य नै बन्न थालेको छ । ५ बर्ष अघि यहा“ एकलाख १५ हजार बढी शालीग्राम संग्रह गरेर सुरुङ भित्र सजाएर राखिएको छ । बर्षाै देखि संकलित ती शालीग्रामलाई सुरक्षित गरी प्रर्दशनी गरिएको हो । संंग्राहलयको रुपमा हेर्न भारतीय पर्यटकले चासो राख्ने गर्छन् ।
यहा“ रंगवेङकटेश्वर मुक्तिनारायण मन्दिर मसेत बनेको छ । झण्डै ७ करोड लागतमा बनेको मन्दिर र एक करोडमा बनेको संग्राहलयमा भारत बाहेकका पर्यटक पनि आउन थालेको संग्राहलयका संरक्षक ऋषि प्रपन्नाचार्यले बताए । ‘अब हामीले हाम्रा मौलीक बिषय मात्र प्रर्दशन गर्न सकियो भने पर्यटक भित्राउन सकिन्छ’ उनले भने, ‘हजार बर्ष पुराना घरलाई कच्ची र १ सय बर्ष नहुने घर पक्की भन्ने मान्यता तोडेर संरक्षणमा लाग्नसके पर्यटक थप आर्कर्षित गर्न सकिन्छ ।’ यहा“ संस्कृत पाठशाला पनि संचालनमा छ ।
नगरपालिकाले पनि पुरानो देउराली चौतारो सहितका ऐतिहासिक महत्व राख्ने स्थान संरक्षण गरेर पर्यटकीय बनाउने योजना अगाडि सारेको छ । नगरलाई सफा राख्ने, कालीकामा आएका पर्यटकलाई अन्य गन्तव्य सम्म लैजाने लगायतका योजना पनि राखिएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । शान्ति दौड स“गै पर्यटन दिवशमा सरसफाइ, बिद्यार्थी पर्यटन क्लब गठन, वक्तृत्वकला, झा“की सहितका ¥याली र पर्यटन र बिकास बिषयक वृहत छलफल समेत नगरले चलाउन लागेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->