बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जापानमा छक्का पन्जा ५ प्रदर्शन गरिने

जापानमा छक्का पन्जा ५ प्रदर्शन गरिने


  • ढोरपाटन संवाददाता
  • असोज १० २०८१, बिहिबार

जापान/ नेपाली चलचित्र छक्का पन्जा ५ जापानमा देखाईने भएको छ । जापानका ४५ वटा शहरहरुमा प्रदर्शन हुने यो पहिलो नेपाली चलचित्र हो । चलचित्र प्रदर्शनको आयोजना गरेको कम्पनी भिजोनियाका सञ्चालक सुवास लामिछानेका अनुसार अक्टोबर १३ मा उक्त चलचित्र टोकियोस्थित मेगुरो पर्सिमन हलमा प्रदर्शन गरिदैछ भने अन्य ४४ शहरमा फरक फरक मितिमा देखाईनेछ ।

छक्का पन्जा सिरिजको यो अध्यायमा भने प्रेम सम्बन्ध, र सोसँग सम्बन्धित विभिन्न घटनाक्रमहरुलाई व्यांग्यात्मक रुपमा चित्रण गरिएको छ । यसको गीत तलाई सपिङ गरिदिएको पैसा फिर्ता ले अहिले सामाजिक संजालमा निकै भाईरल भैरहेको छ । खासगरी मनोरञ्जनात्मक रुपले निर्माण गरिएको यो चलचित्रमा सामाजिक सन्देशहरुको पनि कमी छैन । जापानका अन्य शहरहरुमा पनि विभिन्न मितिमा प्रर्दशन हुने र दर्शकहरुको सुविधालाई मध्यनजर गर्दै अनलाईन टिकट प्रणालीको व्यवस्था गरिएको आयोजकले जनाएको छ । दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्रमा दीपकराज गिरी, केदारप्रसाद घिमिरे र दिलीप तामाङको कथा, पटकथा र संवादहरु छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->